मन्त्रिपरिषद्को बैठकः कार्यसूचीमा परेन वामदेव र कुलमान नियुक्तिको एजेण्डा
काठमाडाैँ । आज सोमबार साँझ बस्ने मन्त्रिपरिषदको कार्यसूचिमा सर्वत्र चासोको रुपमा हेरिएका दुई नियुक्तिका प्रस्ताव परेका छैनन्।
आज बस्ने मन्त्रिपरिषद् बैठकबाट नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको पुर्नर्नियुक्ती गर्ने अनुमान गरिएको थियाे। तर मन्त्रिपरिषद् कार्यालयबाट मन्त्रीहरुलाई अपरान्ह पठाइएको बैठकको कार्यसूचिमा सो एजेन्डा राखिएको छैन।
त्यसैगरी राष्ट्रिय सभामा रिक्त सांसद् पदमा नियुक्तिका लागि सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई गर्ने भनिएको सिफारिशको विषय पनि सो कार्यसूचिमा नरहेको एक मन्त्रीले बताए।
‘अहिले पठाएको कार्यसूचिमा गौतम र घिसिङ दुवैको नियुक्तिको विषय रहेनछ, प्रधानमन्त्रीबाट ठाडो प्रस्ताव आएर निर्णय गर्ने तयारी भए त्यो पछि नै थाह होला,’ ती मन्त्रीले भने।
पहिलो कार्यकालमा विद्युत प्राधिकरणमा व्यापक सुधार गरेका घिसिङको दोस्रो कार्यकालका लागि पुनः नियुक्ति हुन्छ हुँदैन भनी सर्वत्र चासोका रुपमा हेरिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले केहि दिनपहिले बसेको सत्तारुढ नेकपाको सचिवालय बैठकमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा रिक्त पदमा नियुक्तिका लागि राष्ट्रपतिलाई सिफारिश गर्ने आफ्नो तयारी रहेको जानकारी गराएका थिए।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












