आजको मन्त्रिपरिषद्ले कुलमानको पुनर्नियुक्ति गर्न सक्छः उर्जा मन्त्री पुन
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आज बस्ने मन्त्रिपरिषद बैठकबाट नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको पुनर्नियुक्ति हुनसक्ने बताएका छन्।
कुलमानको पुनर्नियुक्ति हुने वा नहुने अन्योलका बीच आज बस्ने मन्त्रिपरिषद बैठकबाट नियुक्त हुन सक्ने उनले बताए।
‘मैले उहाँको (कुलमान) को पुनर्नियुक्तिको प्रस्ताव आईतबारै लगेको हुँ,’ मन्त्री पुनले भने, ‘सोमबारको नियमित मन्त्रिपरिषद बैठकले नियुक्त गरेन। सम्भवतःआज बस्ने मन्त्रिपरिषद् बैठकले नियुक्त गर्न सक्छ।’
प्रधानमन्त्रीले विद्युत प्राधिकरण कार्यकारी निर्देशकको पुनर्नियुक्तिका विषयमा कानुनी प्रक्रिया के रहेछ भन्ने बुझ्छु भनेकाले ढिलाइ भएको मन्त्री पुनले स्पष्ट पारे।
अब कुलमानको नियुक्तिको विषय प्रधानमन्त्रीको निर्णयमा भर पर्ने भएको छ। चार वर्षे कार्यकाल पूरा गरेर घिसिङले भदौ २९ गते अवकाश लिईसकेका छन्।
सरकारले घिसिङको पुनर्नियुक्तिमा ढिलाइ गर्न थालेपछि सडकबाटै विरोध हुन थालेको छ। प्राधिकरणमा उनको नेतृत्व रहेका बेला लोडसेडिङ अन्त्य भएकाले उनैलाई पुनःनियुक्त गर्न जनदवाब बढ्दै गएको छ।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












