समाजवाद उन्मुख र सामाजिक न्यायसहितको नयाँ समाज निर्माण गर्न संकल्प गराैँ- अध्यक्ष प्रचण्ड
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँचौ संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन्।
प्रचण्डले सामाजिक न्यायसहितको नयाँ समाज निर्माण गर्न उत्प्रेरणा देओस् भन्ने कामना गरेका छन्।
संविधान दिवसको अवसरमा शनिबार बिहान एक भिडियोमार्फत् शुमकामना दिँदै अध्यक्ष प्रचण्डले सबै नेपालीका लागि एउटा नयाँ सकंल्प गरेर देशलाई आर्थिक समृद्धिको, समाजवादउन्मुख राज्य बनाउनका निम्ति, सुशासनको निम्ति सबै दृष्टिकोणले समाजवादको भविश्य निर्माण गर्न संकल्प गर्ने दिनको रुपमा संविधान दिवस रहेको बताएका हुन्।
प्रचण्डले भिडियो सन्देशमा भनेका छन्,‘संविधान बनाउनका निम्ति त्याग,तपस्या र बलिदानका कीर्तिमान कायम गर्ने ती हजारौं शहिद, हजारौं बेपत्ता युद्दाहरु र घाइतेरअपाङ्ग हजारौं क्रान्तिकारीहरु र नेपाली जनताका असल छोराछोरीहरु सबैप्रति म श्रद्धाञ्जली एवम् सम्मान व्यक्त गर्न चाहन्छु र उनीहरु सबैका परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्न चाहन्छु।’
परिकल्पना गरेको समाजवादउन्मुख राज्यको कुरा निकै ऐतिहासिक र महत्वपूर्ण भएको बताएका छन्। सबै एक भएर राष्ट्रको एकता र जनताको आकाङ्क्षा पूर्ति गर्न अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्।
उनले सबै नेपालीमा एकताको, शान्ति र समृद्धिको एउटा नयाँ संकल्प लिने दिनको रुपमा अगाडि बढ्ने विश्वास व्यक्त गरे। उनले संविधानसभाबाट संविधान निर्माण प्रक्रिया आफैँमा पनि एउटा ऐतिहासिक महत्वपूर्ण राजनीतिक परिघटना भएको बताए।
प्रचण्डले पार्टी भित्रको एकतालाई नयाँ शिराबाट अगाडि बढाउँदै लैजाने बताएका छन् प्रचण्डले जनताले अपेक्षा गरेअनुसार व्यापकरुपमा विकास परियोजनाहरु अगाडि बढ्ने बताए।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












