ओली-दाहाल भेटवार्ता : मन्त्रिपरिषद् पुनर्गठनबारे थप छलफल
काठमाडाैँ । मन्त्रिमण्डल पुनर्गठन गर्ने विषयमा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भएको छ।
सोमबारका लागि तय गरिएको पार्टीको सचिवालय बैठक स्थगित गरेर दुई अध्यक्ष आपसी छलफलमा बसेका हुन्। नयाँ मन्त्री कसलाई बनाउने र भएका कसलाई हटाउने भन्नेबारे ओली र प्रचण्डबीच प्रधानमन्त्री निवासमा दुई घन्टा छलफल भएको थियो।
आइतबार बसेको सचिवालय बैठकले मन्त्रिमण्डल पुनर्गठन गर्दा नाम चयन गर्ने अधिकार अध्यक्षद्वय ओलि र प्रचण्डलाई दिएको थियो।
‘आज दुई अध्यक्षबीच मन्त्रिमण्डल पुनर्गठन कै विषयमा छलफल भएको छ, उहाँहरुले कस्तालाई मन्त्री बनाउने भन्ने मापदण्ड तयार गरेर भोलि बस्ने सचिवालय बैठकमा प्रस्ताव ल्याउनु हुनेछ,’ सचिवालयका एक सदस्यले नेपालखबरसँग भने, ‘त्यसबारे अन्तिम निर्णय गरेर नाम टुंगो लगाउने जिम्मा उहाँहरुलाई नै बैठकले दिनेछ।’
ओलि र प्रचण्ड दुवैले मन्त्रिमण्डल पुनर्गठनको विषय छिटोभन्दा छिटो टुंग्याउन चाहेको नेताहरुको भनाइ छ।
‘संघीय मन्त्रिमण्डल पुनर्गठनपछि प्रदेश मन्त्रिमण्डल पुनर्गठन गरेर एकजना अध्यक्ष महाधिवेशनमा केन्द्रित हुनुहुनेछ भने प्रधानमन्त्री ओली सरकारको कामलाई तिब्रता दिन लाग्नुहुनेछ, त्यही भएर उहाँहरुको जोड छिटो निर्णय गरेर जाने भन्ने छ,’ प्रचण्डनिकट एक स्थायी समिति सदस्यले भने।
सोमबार दुई अध्यक्षले संबैधानिक आयोगको रिक्त पदाधिकारी नियुक्तिको विषयमा पनि छलफल गरेका छन्।
सचिवालय बैठकको अर्काे एजेन्डा संबैधानिक आयोगको नियुक्तिको विषय पनि रहेकोले कस्ता मानिसलाई आयोगमा नियुक्ति दिने एउटा मापदण्ड बनाएर भोलि (मंगलबार) बस्ने सचिवालय बैठकमा प्रस्तुत गर्नका लागि आज छलफल भएको ती नेताले बताए।
‘नामका बिषयमा अध्यक्षद्वयबीच मोटामोटी सहमति बनाउने आज प्रयास थियो, तर कति मन्त्री हटाउने भन्ने नै ठोस सहमति जुटिसकेको छैन,’ ती नेताले थपे।
आइतबारको सचिवालय बैठकमा राष्ट्रिय सभाका दुई सदस्य उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ दुबैलाई मन्त्री बनाउनुपर्ने प्रस्ताव आएको थियो।
सो प्रस्तावबारे प्रधानमन्त्री ओलीले कानुनी र संबैधानिक बाध्यता भए नभएको विचार गर्नुपर्ने बताएका थिए।
यसैबीच गौतमलाई राष्ट्रिय सभा सदस्यमा गरिएको नियुक्ति बदर गर्न माग गर्दै सोमबार सर्बोच्च अदालतमा रिट परेको छ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












