चन्दा उठाएर नेकपा नेतालाई मासिक भत्ता
काठमाडाैँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकमा केन्द्रीय सदस्यलाई जीवन निर्वाह भत्ता दिने प्रस्ताव पेश भएपछि आन्तरिक छलफल तीव्र पारिएको छ। नेकपा प्रवत्ता नारायणकाजी श्रेष्ठले पत्रकार सम्भेलनमा आइतबार पेरिसडाँडामा बसेको सचिवालय बैठकमा केन्द्रीय सदस्यलाई जीवन निर्वाह भत्ता दिने प्रस्ताव पेश भएको जानकारी गराएका थिए।
नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीच एकीकरण भई बनेको नेकपामा तत्कालीन एमाले समूहबाट २४१ र तत्कालीन माओवादी समूहबाट २०० केन्द्रीय सदस्य छन्। पछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको सचिवालय बैठकमा नयाँ चार जना मनोनयमा परेपछि नेकपा केन्द्रीय समिति ४४५ जना सदस्य रहेका छन्।
उनीहरुमध्ये केही राजदूत बनेका र मृत्यु भएका सदस्यको घटाउँदा करिब ४४० जना केन्द्रिय सदस्य हुन आउँछ। जसमध्ये पनि कतिपय केन्द्रीय सदस्य, संघीय सांसद, प्रदेश सांसद र मेयर बनेकाको संख्या घटाउँदा करिब २५० जनालाई जीवन निर्वाह भत्ता दिनुपर्ने नेकपा वृतमा चर्चा छ।
मासिक भत्ता, ६२ लाख खर्च
अहिले नेकपाले केन्द्रीय सदस्यलाई न्यूनतम् १५ हजार र अधिकतम् २५ हजार रुपैयाँ भत्ता दिनेबारे छलफल चलाएको छ । नेकपाका ४ सय ४१ केन्द्रीय सदस्यमध्ये करिब २ सय ५० जनालाई मासिक भत्ता दिनुपर्ने अवस्था छ । अर्थात् मन्त्री, सांसद र राजनीतिक नियुक्ति पाएकाहरूले भत्ता पाउने छैनन् ।
नेकपाका नेताहरूको भनाइअनुसार करिब २ सय ५० जना त्यस्तो सुविधा नपाउनेहरू छन् । त्यसअर्थ, उनीहरूले मात्रै मासिक निर्वाहभत्ता पाउनेछन् । त्यसरी हेर्दा २ सय ५० जनालाई मासिक न्यूनतम् १५ हजार दिने हो भने पनि नेकपाले मासिक ३७ लाख ५० हजार खर्च हुन्छ । र, २५ हजार रुपैयाँ दिने हो भने ६२ लाख ५० हजार रुपैयाँ खर्च हुन्छ ।
नेतालाई भत्ताको स्रोत चन्दा ?
नेकपाका केन्द्रीय सदस्यलाई दिने भत्ताको स्रोत अहिलेसम्म खुलेको छैन । हुन त, सचिवालयले भत्ता दिने औपचारिक निर्णय गरिसकेको छैन र त्यसका लागि कार्यविधि पनि बनेको छैन । नेकपाका एक नेताका अनुसार सांसदबाट मासिक रूपमा लिने लेबी र नेता कार्यकर्ताबाट उठ्ने लेबी नै प्रयाप्त हुनेछ । तर, कार्यकाल सञ्चालन तथा नेताहरूको भत्ताका लागि त्यो लेबी मात्रै प्रयाप्त हुनेछैन । जसले गर्दा पार्टीलाई चन्दा उठाउन थप प्रेरित गर्नेछ ।
सचिवालय सदस्य नारायणकाजी श्रेष्ठको भनाइमा पूर्णकालीन कार्यकर्तालाई पहिलादेखि नै सहायता दिने गरेको थियो । त्यसैलाई थप व्यवस्थित र निरन्तता दिन लागेको हो । तर, प्रदेश र जिल्ला कमिटीका सदस्यका हकमा भने सम्बन्धित कमिटीले नै निर्णय गर्नेछ ।
प्रचण्डलाई चिया खर्च अढाई लाख
पूर्वमाओवादी केन्द्रले शान्ति प्रक्रियामा आएपछि पूर्णकालीन नेता कायकर्तालाई आर्थिक सहायता दिन छोडेको थियो । युद्धकालमा माओवादीले सुरुमा हरेक कार्यकर्तालाई ५ सय रुपैयाँ मासिक दिन्थ्यो ।
त्यसलाई पछि १५ सयसम्म पुर्याइएको थियो । शान्ति प्रक्रियामा आएपछि आर्थिक सहायताको कार्यविधि बनाउने भनिए पनि माओवादीले प्रक्रिया अगाडि बढाउन सकेन, बरु हेटौँडा महाधिवेशनमा नेता कार्यकर्तालाई श्रमसँग जोड्ने निर्णय लिएको थियो ।
तर, श्रमसँग जोड्नेभन्दा पनि चन्दा उठाएर जीवन चलाउने नेता कार्यकर्ताको संख्या बढिरह्यो । माओवादीले केन्द्रीय कार्यालयमा काम गर्ने करिब १७ जनालाई भने मासिक तलब दिने गरेको थियो । त्यतिबेला उनीहरूलाई १५ हजार ५ सयदेखि ३० हजारसम्म दिन्थ्यो । त्यतिबेला केन्द्रीय कार्यालयमा काम गर्ने प्रल्हाद बुढाथोकी, जोखबहादुर महरा, सन्तु दराईलगायतका नेताहरूले मासिक ३० हजार रुपैयाँ पाउँथे । ती १७ जनाका लागि मासिक करिब साढे ६ लाख खर्च हुन्थ्यो ।
यता, पुष्प कमल दाहाल ‘प्रचण्ड’को निवासमा चिया खर्च पनि पार्टीले व्यहोर्थ्यो । त्यसको खर्चको बिल पार्टी कार्यालयमा आउने अनि पार्टीले तिर्ने गर्दथ्यो । पूर्वमाओवादी स्रोतका अनुसार त्यतिबेला प्रचण्ड निवासमा चिया खर्चबापत मासिक करिब डेढदेखि अढाई लाखसम्म खर्च हुन्थ्यो ।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












