भारतीय संसदमा नेपाल-चीन सम्बन्धको चर्चा
काठमाडौं। भारतका विदेश राज्यमन्त्री भी. मुरलीधरनले चीनसँग नेपालको बढ्दो निकटताले भारतसँगको सम्बन्धमा कुनै असर नगर्ने जनाएका छन्।
भारतको राज्यसभामा उनले नेपाल र भारतको सम्बन्ध आफ्नै विशेषतामा आश्रित रहेको योग्यताको आधारमा अघि बढेको जनाउँदै अन्य देशसँग तुलना नहुने समेत बताए।
“नेपालसँग भारतको सम्बन्ध आफ्नै विशेषतामा आश्रित छ,” राज्यसभामा पछिल्ला वर्ष नेपालले चीनसँग गरेको पारवहन लगायतका सम्झौताले नेपाल–भारत सम्बन्धमा असर गर्छ की गर्दैन ? भनि सोधिएको प्रश्नको जवाफ दिदै मुरलीधरनले भने, “नेपालको अन्य देशसँगको सम्बन्धको प्रभाव भारतसँगको सम्बन्धमा पर्दैन।”
राज्यसभाको मंगलबारको बैठकमा सांसद ज्योतिरादित्य एम. सिन्धीयाले ‘भारतसँगको परनिर्भरता हटाउन नेपालले चीनसँग पारवहन सम्झौतामा हस्ताक्षर गरेको बारेमा भारतलाई थाहा छ की छैन ? यी सम्झौताले भारतसँगको सम्बन्धमा कुनै प्रभाव पार्छ की पार्दैन ?’ भनी प्रश्न गरेका थिए। त्यसैको जवाफमा विदेश राज्यमन्त्रीले चीनसँग भएका सम्झौताले भारतसँगको सम्बन्धमा प्रभाव नपार्ने बताएका हुन्।
“नेपालसँग सम्बन्ध मजबुत बनाउन र सहयोग बढाउनको लागि भारत प्रतिबद्ध छ। व्यापार, आर्थिक सहायता, विकास सहयोग, पारवहन सुविधा, संस्कृति तथा जनता–जनताबीचको सम्बन्ध मजबुत र विस्तार गर्न हामी प्रतिबद्ध छौं,” विदेश राज्यमन्त्री मुरलीधरनले भने।
उनले सन् २०१९ को अप्रिलमा राष्ट्रपति विद्यादेवी भण्डारीले चीन भ्रमण गर्दा नेपाल र चीनबीच पारवहन तथा यातायात सम्झौताको प्रोटोकलमा हस्ताक्षर भएको जानकारी राज्यसभालाई दिएका थिए।
नेपाल र भारतबीच युगौं पुरानो सम्बन्ध अद्भुत र विशिष्ट रहेको दाबी उनले गरे। नेपाल–भारत सम्बन्ध साझ इतिहास, भूगोल, संस्कृति, जनता–जनताबीच निकट सम्बन्ध, आपसी सुरक्षा र निकट आर्थिक सम्बन्धमा आधारित रहेको उनले जनाए।
उनले नेपालको कूल वैदेशिक व्यापारको दुई तिहाई भारतसँग रहेको जानकारी दिए। नेपालले अन्य देशसँग गर्ने आयात निर्यातको ९० प्रतिशत अंश भारत हुँदै भइरहेको समेत उनले राज्यसभालाई जानकारी दिए।
Comments
अरु समाचार
-
उपाध्यक्ष पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र : एमाले अध्यक्ष ओली
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीलाई राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्रको रूपमा टिप्पणी...
-
रास्वपा महाधिवेशनको बन्द सत्र आजदेखि, नेता चयनका लागि निर्वाचन कार्यक्रम अघि बढाइँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत आजदेखि बन्द सत्र सुरू हुँदैछ। आइतबार भरतपुरको गेस्ट हाउस चउरमा उद्घाटन...
-
पूर्वमन्त्री एवं कांग्रेस नेता राजेन्द्र खरेलको निधन
काभ्रेपलाञ्चोक । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन भएको छ । पछिल्लो समय दम बढेर...
-
अख्तियारका पदाधिकारीलाई पाँचघण्टा सोधपुछ गरेको विषय बालेनले नैं गरे पुष्टि
काठमाडौं ।अख्तियारका पदाधिकारीलाई पाँच घण्टा सोधपुछ गरेको विषयलाई प्रधानमन्त्री बालेन्द्र शाह बालेनले स्वीकार गरेका छन् । प्रधानमन्त्री शाहले आइतबार रास्वपाको...
-
बालेनको प्रशंसा गर्दै सिके राउतले भने- प्रतिपक्षीले कालो लुगा निषेधको माग गर्न सक्छन्
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रधानमन्त्री बालेन्द्र शाहको तीव्र प्रशंसा गरेका हुन् । उनले रास्वपा महाधिवेशन उद्घाटन समारोहमा...
-
संसदीय समितिमा कडा नियम, लगातार पाँच बैठकमा अनुपस्थित भए कारबाही गरिने
काठमाडौं । संसदीय समितिको पाँच वटा बैठकमा लगातार अनुपस्थित रहने सदस्यलाई कारबाहीको सिफारिस गर्न सकिने व्यवस्था सहित प्रतिनिधिसभा अन्तर्गतको कानुन,...
-
प्रधानमन्त्री शाह तीन दिनसम्म चितवनस्थित लटौली सेन्चुरी रिसोर्टमा बस्ने
चितवन — प्रधानमन्त्री बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन आइतबार चितवन पुगेका छन्। उनी श्रीमती र...
-
रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र वरिष्ठ नेता शाहले उद्घाटन गर्ने
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन आज (आइतबार) देखि चितवनको भरतपुरमा सुरु हुँदैछ। तीन दिनसम्म चल्ने...
-
रास्वपा महाधिवेशनमा ई–भोटिङ व्यवस्था, विदेशमा रहेका प्रतिनिधिले पनि मतदान गर्न पाउने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी महाधिवेशनमा विद्युतीय मतदान प्रणाली प्रयोग गर्ने भएको छ। रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन...











