‘देश दर्शन’ कार्यक्रम शुरु : पर्यटनमा उत्साह थपियो
काठमाडाैँ । कोभिड–१९ महामारीबाट शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रलाई गतिशील बनाउन सरकार तथा निजी क्षेत्रको साझेदारीमा पर्यटन पुनरुत्थान अभियान शुभारम्भ गरिएको छ । सरकारले बजेटमा घोषणा गरेको ‘देश दर्शन कार्यक्रम’ कार्यान्वयनका लागि पर्यटन क्षेत्रका सरोकारवाला संस्थाको समन्वय तथा सहकार्यमा देशदर्शन अभियान शुरु गरिएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको पर्यटन पुनरुत्थान कार्यदलले आन्तरिक पर्यटनलाई चलायमान बनाउने पर्यटकीय गतिविधि सार्वजनिक गरेको छ । ‘पर्यटनका लागि हाम्रो सन्देश, घुमाँै देश, चिनाँै परिवेश’ भन्ने मूल नाराका साथ अभियानको लोगो, सन्देशमूलक भिडियोलगायत सामग्री सार्वजनिक गरिएको छ । पर्यटन पुनरुत्थानका लागि भएको पहलको पहिलो पाइलास्वरुप देशदर्शन कार्यक्रमको आज उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोभिड–१९ महामारीका कारण थलिएको पर्यटनलाई गतिशील बनाई आर्थिक गतिविधि बढाउन सकारात्मक ऊर्जा प्रदान गरेको बताए ।
उनले भने, “यो कार्यक्रम मरुभूमिमा उम्रदै गरेको बिरुवामा सिँचन गरेको जस्तो अनुभूति भएको छ । यसले हामीलाई पुनर्जीवित गरेको सन्देश दिएको छ । झण्डै पाँच÷छ महिना छुट्टाछुट्टै बसेर आफ्ना दुःख व्यथा सहेर अब फेरि पनि एक ठाउँमा उभिएर सामूहिक प्रयत्नका साथ सिङ्गो पर्यटन क्षेत्रलाई चलायमान बनाउन उत्साह बढाएको छ ।”
मन्त्री भट्टराईले कोरोना महामारीको जोखिम कम भइनसकेको तर यसबाट भागेर नभई जुधेर सबै एकताबद्ध भई साझा अभियानलाई सार्थक बनाइनुपर्नेमा जोड दिए । उनले कार्यदलले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि शुरु गरेको देशदर्शन कार्यक्रमलाई सरकारको सम्पूर्ण साथ सहयोग रहने बचन दिए । मन्त्री भट्टराईले महामारीबाट बचेर पर्यटनका गतिविधि बढाउन सरकारले हवाई उडान, होटल तथा रेष्टुराँ व्यवसाय, पदयात्रा, पर्वतारोहणजस्ता पर्यटकीय क्षेत्रलाई खुल्ला गरिसकेको उल्लेख गरे ।
असोज ५ देखि शुरु भएको मुलुकको आन्तरिक उडान उत्साहवद्र्धक रहेको छ । मन्त्री भट्टराईले आन्तरिक उडानमा अहिले ८० प्रतिशतभन्दा बढी ‘अकुपेन्सी’ रहेको र यसले पर्यटन क्षेत्रमा सकारात्मक सञ्चार जगाएको उल्लेख गरे । उनले कोभिडपछि नियमित उडान गर्नेमा नेपाल दक्षिण एशियाकै पहिलो मुलुक भएको पनि बताए । पर्यटनमन्त्री भट्टराईले देशको आन्तरिक पर्यटनको मुख्य आधार देशदर्शन कार्यक्रम भएकाले यसलाई तीन तहको सरकार र निजी क्षेत्रको साझेदारीमा प्रभावकारी रुपमा अघि बढाइने बताए ।
उनले आन्तरिक पर्यटनमा आर्थिक गतिविधि बढाउन निजामती, सार्वजनिक संस्थानका कर्मचारी, शिक्षकलगायतलाई सातामा दुई दिन बिदाको व्यवस्था गर्न मन्त्रालयले कार्यदल बनाई गृहकार्य गरिरहेको र यसलाई छिट्टै मन्त्रिपरिषद्मा लगिने बताए । मन्त्री भट्टराईले ‘अनअराइभल’ भिसाको व्यवस्थाका लागि गृह मन्त्रालय, अध्यागमन विभागसँग छलफल भइरहेको र अनलाइनमार्फत यस्तो सेवा दिन सकिने गरी आवश्यक तयारी गइरहेको पनि जानकारी दिए ।
पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले कोभिड महामारीबाट सबैभन्दा बढी प्रभाव परेको पर्यटन क्षेत्रको पुनरुत्थान सरकारको प्राथमिकता परेको बताए । उनले अक्टोबर १ तारिखदेखि सातामा ११९ अन्तर्राष्ट्रिय उडान सङ्ख्या बढाउने मन्त्रालयले निर्णय गरिसकेकाले अन्तर्राष्ट्रिय पर्यटकको पनि चहल पहल बाक्लिने विश्वास व्यक्त गरे । भदौ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान शुरु भएको थियो ।
कार्यदलका संयोजक एवं नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले महामारीबाट सुरक्षित रहँदै पर्यटनसँग सँगसँगै भन्ने भावनाका साथ सरोकारवाला संस्था एकताबद्ध भएर देशदर्शन कार्यक्रम अघि बढाइएको उल्लेख गरे । प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरका विभूति चन्द ठाकुरले महामारीबाट छटपटाएको पर्यटन क्षेत्रमा उत्साह जगाउन अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कोभिड महामारीका सन्दर्भमा नेपालको पर्यटन पुनरुत्थानका लागि सकारात्मक, सक्रिय र परिणाममुखी भूमिका खेल्न निजी क्षेत्रको पहलमा सार्वजनिक–निजी साझेदारीको अवधारणाबमोजिम कार्यदल स्थापना भएको हो । देशभित्रका पर्यटन क्षेत्रका सरोकारवाला तथा स्रोत बजारका टुर अपरेटर्स एवं सम्भाव्य पर्यटकहरुबीच विश्वसनीय र प्रभावकारी सञ्चार गर्न कार्यदलले गतिविधि सञ्चालन गर्ने जनाएको छ ।
पर्यटनको दिगो तथा छिटो पुनरुत्थानका लागि सकारात्मक सन्देश प्रवाह गर्न आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका कार्यक्रम सम्बन्धित निकायलाई सुझाउनुका साथै नेपालका प्रवद्र्धनात्मक तथा सकारात्मक सन्देशहरु नियमित रुपमा सम्प्रेषण गरिने पाटा नेपालका सिइओ सुरेशसिंह बुडालले बताए । पाटन नेपाल च्याप्टर र स्कल नेपालबाट अघि बढाइएको यस पहलमा पर्यटन बोर्ड, पर्यटन क्षेत्रका विशिष्ट व्यक्ति सल्लाहकार, मुख्य छाता सङ्गठन संस्थागत संरक्षक रहेका छन् । कार्यदलको प्रवक्तामा पाटाका कोषाध्यक्ष खेम लकाई र कार्यदलको सचिवालय व्यवस्थापनको जिम्मा पाटाका सिइओ बुडाललाई दिइएको छ ।
Comments
अरु समाचार
-
निरन्तर हिमपात : अन्नपूर्ण आधार शिविरबाट ७२ जना पर्यटकको उद्धार
म्याग्दी । हिमपातका कारण समस्यामा परेका १७ जना विदेशी सहित ७२ जना पर्यटकहरुलाई सुरक्षाकर्मीहरुको टोलीले म्याग्दीको अन्नपूर्ण आधार शिविरबाट उद्धार...
-
नुम्बुर हिमालको चुचुराेमा पहिलाे पटक मानव पाइला !
काठमाडाैं । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका –१ मा अवस्थित नुम्बुर हिमालको पहिलो पटक सफल आरोहण भएको छ । प्रसिद्ध धार्मिकस्थल दुधकुण्ड...
-
रामेछाप-काठमाडौँ सातामा तीन दिन उडान हुने
काठमाडाैं । बुधबारदेखि रामेछाप–काठमाडौँ रुटमा हवाई उडान हुने भएको छ । स्थानीय प्रशासन, राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाजलगायतको पहलमा आजदेखि...
-
टिकटको मिति हेरफेर गर्दा शुल्क लाग्दैनः हिमालय एयरलाइन्स
काठमाडौं । हिमालय एयरलाइन्सले प्रतिकूल मौसमका कारण प्रभावित यात्रुहरूको टिकटको मिति हेरफेर गर्दा शुल्क नलिने भएको छ । एयरलाइसन्ले सोमबार...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिए, २२ प्रतिशतले आगमनमा वृद्धि
काठमाडौं । सन् २०२५ को अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको...
-
बाैद्वमा २५ र २६ गते गाई-राेपाई जात्रा भव्य रूपमा मनाइने, विभिन्न विधाका प्रतियाेगिलाई पुरस्कार समेतकाे व्यवस्था
काठमाडौं । श्री बाैद्वनाथ स्तुपा परिसर बाैद्व क्षेत्रमा यही साउन २५ र २६ गते श्री बाैद्व तामाङ गुठीकाे आयाेजनामा गाईजात्रा...
-
नेपालमा बाघको संख्या ३५५ पुग्यो
काठमाडाैं । पाटेबाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाइन्छ । सन् २०१०...
-
वनमन्त्री शाहीले गरे नागार्जुन रिसोर्टको औपचारिक उद्घाटन
काठमाडौं । ओसो तपोवन नजिकै फोर स्टार लक्जरी नागार्जुन रिसोर्ट मंगलबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । तारकेश्वर नगरपालिकाभित्र ठूलो...












