चीनसँग सीमा समस्या छैन : राजदूत पाण्डे
काठमाडौं । चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले नेपाल-चीनबीच अहिले कुनै समस्या नभएको बताएका छन् ।
चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्ससँगको अन्तर्वार्तामा राजदूत पाण्डेले नेपाल-चीनबीच अहिले कुनै सीमा समस्या नभएको बताएका हुन् ।
राजदूत पाण्डेलई ‘केही पश्चिमी मिडियाले नेपालले अहिले भारत र चीनबीचको सम्बन्धलाई उछालेको भनिरहँदा यही बीचमा चीन-भारत सीमामा तनाव बढेको । तपाईं यसलाई कसरी हेर्नुहुन्छ ?’ भन्ने प्रश्न सोधिएको थियो ।
जवाफमा राजदूत पाण्डेले भने, “कहिलेकाहीं यो हुन्छ । चीन र भारत दुई छिमेकी हुन् । नेपाल र चीन छिमेकी हुन्, नेपाल र भारत पनि छिमेकी हुन् । नेपाल र भारतबीच सीमामा लामो समयदेखि हाम्रा केही सीमा समस्याहरु छन् । हाम्रो पहिले चीनसँग केही समस्याहरू थिए, तर हामीहरू सँगै बसेर सहमति गर्दै सम्झौतामा हस्ताक्षर गरेका थियौं । चीनसँगका सीमा समस्याहरु समाधान भइसकेकका छन् । चीनसँग हाम्रो अहिले कुनै सीमा समस्या छैन ।”
राजदूत पाण्डेले भारतले अहिले पनि नेपाली भूमि ओगटेको बताएका छन् । उनले भने, “आधुनिक विश्वमा हरेक मुद्दा बुलेट प्रयोग गरेर समाधान गर्न सकिँदैन । तर हामीसँगै बसेर यसलाई समाधान गर्न सक्छौं । हामीले हाम्रो ज्ञान, कौशल, बुद्धिको प्रयोग गर्नुपर्छ र हामीसँग विश्व दृष्टिकोण हुनुपर्छ । त्यसो भए हामी यसलाई सुल्झाउन सक्छौं ।”
यद्यपि सीमा समस्या, चाहे त्यो चीन र भारतको बीचमा हो वा नेपाल र भारतको बीचमा हो, प्रचारमा ल्याउने कुरा नभएको राजदूत पाण्डेले बताएका छन् । यो ऐतिहासिक रेकर्ड र तथ्यहरूको आधारमा छलफलमासँगै बसेर समाधान गर्ने कुरा गरिनेसमेत बताएका छन् । उनले भने, “हामीले भारतलाई धेरैपटक (कुराकानी गर्न) अनुरोध गरेका छौं तर उनीहरू त्यतिबेला त्यति इच्छुक थिएनन् । तर अब उनीहरुले अधिक चासो दिएका छन् र सँगै बसेर समाधान गर्न चाहन्छन् ।”
हुम्लामा चिनियाँ पक्षले नेपाली भूभाग अतिक्रमण गरी संरचना बनाएको भन्ने समाचारहरु आइरहेका बेला चीनका लागि नेपाली राजदूतको यस्तो प्रतिक्रिया आएको हो । यसअघि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पनि नेपाल-चीनबीच कुनै सीमा समस्या नभएको दाबी गरेका छन् ।
विशेषगरी भारतीय मिडियाले नेपाल र चीनबीच बढ्दो समस्याले केही सुरक्षासम्बन्धी विषयहरु ल्याएको छ भनी समाचार सम्प्रेषण गरिरहेका छन् नि भन्ने प्रश्नको जवाफमा राजदूत पाण्डेले भने, “यो तथ्यमा आधारित नभएर पूर्वाग्रही धारणा हो । यो डरको मनोवैज्ञानिक अभिव्यक्ति हो ।”
नेपाल-चीन रेलको विषयमा राजदूत पाण्डेले दुवै पक्षले यसमा काम गरिरहेको बताएका छन् । उनले प्रि-फिजिबिलिटी अध्ययनको काम पहिला नै सम्पन्न भइसकेको र कोरोना भाइरस संक्रमणको कारण रेलको काममा केही मन्दी आएको बताएका छन् । कोरोना महामारी सकिएपछि त्यसले गति लिने राजदूत पाण्डेको भनाइ छ । उनले भने, “अहिले दुवै पक्षले पेपर वर्क गरिरहेका छन् । रेलवेको योजना बनाउन दुई पक्षबीच संवाद भइरहेको छ । राजदूत पाण्डेले रेलवे सम्पन्न गर्न पाँच वर्षभन्दा बढी समय लाग्नेसमेत बताएका छन् ।
राजदूत पाण्डले चीनको बेल्ट एन्ड रोड एनिसिएटिभको समेत प्रशंसा गरेका छन् । केही पश्चिमा मुलुकहरुले त्यसको विरोध गरिरहेको विषयमा पाण्डेले भने, “बीआरआई चीनले अगाडि सारेको धेरै राम्रो परियोजना हो । केही वैचारिक भिन्नताका कारण यसको आलोचना भएको छ । तर त्यो आलोचना सफल हुँदैन । किनभने आलोचना आलोचना नै हो ।”
गत वर्ष बेल्ट एन्ड रोड इनिसिएटिभअन्तर्गत केही कार्यक्रम विकास गरिएको जानकारी दिँदै राजदूत पाण्डेले ती कार्यक्रमहरु शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण र पर्यावरण सुधारमा केन्द्रित रहेकोसमेत बताएका छन् ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












