चीनसँग सीमा समस्या छैन : राजदूत पाण्डे
काठमाडौं । चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले नेपाल-चीनबीच अहिले कुनै समस्या नभएको बताएका छन् ।
चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्ससँगको अन्तर्वार्तामा राजदूत पाण्डेले नेपाल-चीनबीच अहिले कुनै सीमा समस्या नभएको बताएका हुन् ।
राजदूत पाण्डेलई ‘केही पश्चिमी मिडियाले नेपालले अहिले भारत र चीनबीचको सम्बन्धलाई उछालेको भनिरहँदा यही बीचमा चीन-भारत सीमामा तनाव बढेको । तपाईं यसलाई कसरी हेर्नुहुन्छ ?’ भन्ने प्रश्न सोधिएको थियो ।
जवाफमा राजदूत पाण्डेले भने, “कहिलेकाहीं यो हुन्छ । चीन र भारत दुई छिमेकी हुन् । नेपाल र चीन छिमेकी हुन्, नेपाल र भारत पनि छिमेकी हुन् । नेपाल र भारतबीच सीमामा लामो समयदेखि हाम्रा केही सीमा समस्याहरु छन् । हाम्रो पहिले चीनसँग केही समस्याहरू थिए, तर हामीहरू सँगै बसेर सहमति गर्दै सम्झौतामा हस्ताक्षर गरेका थियौं । चीनसँगका सीमा समस्याहरु समाधान भइसकेकका छन् । चीनसँग हाम्रो अहिले कुनै सीमा समस्या छैन ।”
राजदूत पाण्डेले भारतले अहिले पनि नेपाली भूमि ओगटेको बताएका छन् । उनले भने, “आधुनिक विश्वमा हरेक मुद्दा बुलेट प्रयोग गरेर समाधान गर्न सकिँदैन । तर हामीसँगै बसेर यसलाई समाधान गर्न सक्छौं । हामीले हाम्रो ज्ञान, कौशल, बुद्धिको प्रयोग गर्नुपर्छ र हामीसँग विश्व दृष्टिकोण हुनुपर्छ । त्यसो भए हामी यसलाई सुल्झाउन सक्छौं ।”
यद्यपि सीमा समस्या, चाहे त्यो चीन र भारतको बीचमा हो वा नेपाल र भारतको बीचमा हो, प्रचारमा ल्याउने कुरा नभएको राजदूत पाण्डेले बताएका छन् । यो ऐतिहासिक रेकर्ड र तथ्यहरूको आधारमा छलफलमासँगै बसेर समाधान गर्ने कुरा गरिनेसमेत बताएका छन् । उनले भने, “हामीले भारतलाई धेरैपटक (कुराकानी गर्न) अनुरोध गरेका छौं तर उनीहरू त्यतिबेला त्यति इच्छुक थिएनन् । तर अब उनीहरुले अधिक चासो दिएका छन् र सँगै बसेर समाधान गर्न चाहन्छन् ।”
हुम्लामा चिनियाँ पक्षले नेपाली भूभाग अतिक्रमण गरी संरचना बनाएको भन्ने समाचारहरु आइरहेका बेला चीनका लागि नेपाली राजदूतको यस्तो प्रतिक्रिया आएको हो । यसअघि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पनि नेपाल-चीनबीच कुनै सीमा समस्या नभएको दाबी गरेका छन् ।
विशेषगरी भारतीय मिडियाले नेपाल र चीनबीच बढ्दो समस्याले केही सुरक्षासम्बन्धी विषयहरु ल्याएको छ भनी समाचार सम्प्रेषण गरिरहेका छन् नि भन्ने प्रश्नको जवाफमा राजदूत पाण्डेले भने, “यो तथ्यमा आधारित नभएर पूर्वाग्रही धारणा हो । यो डरको मनोवैज्ञानिक अभिव्यक्ति हो ।”
नेपाल-चीन रेलको विषयमा राजदूत पाण्डेले दुवै पक्षले यसमा काम गरिरहेको बताएका छन् । उनले प्रि-फिजिबिलिटी अध्ययनको काम पहिला नै सम्पन्न भइसकेको र कोरोना भाइरस संक्रमणको कारण रेलको काममा केही मन्दी आएको बताएका छन् । कोरोना महामारी सकिएपछि त्यसले गति लिने राजदूत पाण्डेको भनाइ छ । उनले भने, “अहिले दुवै पक्षले पेपर वर्क गरिरहेका छन् । रेलवेको योजना बनाउन दुई पक्षबीच संवाद भइरहेको छ । राजदूत पाण्डेले रेलवे सम्पन्न गर्न पाँच वर्षभन्दा बढी समय लाग्नेसमेत बताएका छन् ।
राजदूत पाण्डले चीनको बेल्ट एन्ड रोड एनिसिएटिभको समेत प्रशंसा गरेका छन् । केही पश्चिमा मुलुकहरुले त्यसको विरोध गरिरहेको विषयमा पाण्डेले भने, “बीआरआई चीनले अगाडि सारेको धेरै राम्रो परियोजना हो । केही वैचारिक भिन्नताका कारण यसको आलोचना भएको छ । तर त्यो आलोचना सफल हुँदैन । किनभने आलोचना आलोचना नै हो ।”
गत वर्ष बेल्ट एन्ड रोड इनिसिएटिभअन्तर्गत केही कार्यक्रम विकास गरिएको जानकारी दिँदै राजदूत पाण्डेले ती कार्यक्रमहरु शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण र पर्यावरण सुधारमा केन्द्रित रहेकोसमेत बताएका छन् ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












