प्रचण्डको आग्रह : किरणजी,विप्लवजी मूलधारमै आउनू, सँगै बसेर विवाद मिलाउँला
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा. बाबुराम भट्टराई, मोहन वैद्य किरण र नेत्रविक्रम चन्द विप्लवलाई मूलधारमै फर्किन आग्रह गरेका छन्।
धुम्बाराहीमा आयोजित कार्यक्रममा नेकपामा प्रवेश गराउँदै प्रचण्डले यस्तो बताएका हुन्। ‘कम्युनिष्टहरू एकै पार्टीमा बसेर बहस गर्ने गर्छन्। छलफल संघर्ष रुपान्तर र नयाँपन पार्टीमा चलिरहन्छ’, उनले भने, ‘चीनका नेताले भन्थे, तिमी बुर्जुवाहरु टुक्रा टुक्रा हुँदा पनि हामी कम्युनिष्ट एकै छौँ। नेपालमा कम्युनिष्ट आन्दोलन विभाजन भएर हामीले दुःख पाएका हौँ।’ अध्यक्ष दाहालले कम्युनिष्टहरू विभाजित भएकैले समस्या भएको उल्लेख गरे। ‘हामी विभाजित भएकैले समस्या भयो’, उनले भने, ‘कम्युनिष्ट फुटेकैले कांग्रेसले सरकार चलायो। सजिलै दुईतिहाइ आइहाल्छ भनेर सोच्नु मनोगत थियो, एकतामा त्यति ठूलो तागत हुने रहेछ।
कम्युनिष्ट एकताको तागत हामीले विश्वलाई देखाइसकेका छौं।’ अध्यक्ष दाहालले एकतापछि अन्य समूह पनि नेकपामा आइरहेको बताए। उनले फुटेर गएका नेताहरुलाई पनि मूलधारमा फर्किन आह्वान गरेका छन्। ‘अरु जनमत पनि हामीसँग जोडिन आएको छ’, उनले भने, ‘अब किरणजीले, बाबुरामले र विप्लवजीले पनि मूलधारातिरै फर्किनै पर्छ। यो नै जनतको हितमा हुन्छ। विवादहरु हामी सँगै बसेर मिलाउँला।’
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












