विप्लवलाई वार्तामा आउन प्रधानमन्त्री ओलीको आव्हान
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्वरत पक्षलाई वार्तामा आउन आग्रह गरेका छन् । उनले वार्तामार्फत समस्या समाधान गर्न सरकार तयार रहेको पनि बताए । विप्लव समुहको नाम नलिकनै प्रधानमन्त्री ओलीले सबै द्वन्द्वरत पक्षसँग सरकार वार्तामा बस्न तयार रहेको बताएका हुन् ।
शुक्रबार मानव अधिकार तथा सामाजिक अभियान नेपाल घोषणासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान संशोधनको विषयलाई लहडको विषय नबनाउन पनि आग्रह गरे । उनले आवश्यक्ता र औचित्यका आधारमा संविधान संशोधन गर्न सकिने भन्दै केही समयअघिमात्रै संविधानको दोस्रो संशोधन गरेको स्मरण गराए । परेका बेला राष्ट्र एकजुट हुनसक्ने भन्दै उनले संविधान संशोधनलाई लहडको विषय बनाउन नहुने बताए । प्रधानमन्त्री ओलीले कतिपयले यो प्रणाली काम लाग्दैन खेलवाडपूर्ण ढंगले अभिव्यक्ति नदिन पनि आग्रह गरे ।
‘यस प्रणाली अन्र्तगत, संविधान अन्र्तगत यसलार्ई स्वीकारेर सहभागी भैसकेर पनि अन्यथा कमेन्ट गर्नुपनि उचित होइन । म सबैलाई आग्रह गर्न चाहान्छु हिंसाको बाटो सबैले त्यागौँ । अनावाश्यक असमझदारी र द्वन्द्वतर्फका प्रयासका कुराहरुलाई छाडौ । शान्तिका प्रयासलाई अगाडि बढाउन संवादको बाटोबाट हामी अगाडी बढाउन सक्छौँ । समस्या समाधान गर्न सक्छौँ । बसेर कुरा गरेर टुङ्ग्याउन सक्छौँ’, प्रधानमन्त्रीको भनाइ छ । ‘म संवादको बाटोमा फर्कन सबैलाई आग्रह गर्दछु । यो देश र मानवजातीको हितमा छ । सरकार सबैसँग मिलेर सकारात्मक नियत र नीतिका साथ चल्न तत्पर हुने सबैसँग मिलेर अगाडि बढ्न तयार छ,’ प्रधानमन्त्री ओलीले भने, ‘नीतिहरुमा समानता र एकता तथा सबैसँग बिना आग्रह संस्थागत एकता गर्न पनि हामी तयार छौँ ।’
प्रधानमन्त्रीले मानवअधिकारको आन्दोलन नक्कली आन्दोलन नहुने भन्दै मानवअधिकारका विभिन्न पक्षहरु रहेकाले यो अधिकार राजनीतिक दल खोल्ने कुरामा मात्रै सिमित नरहेकाले जनताको सम्मान, सुरक्षा, आर्थिक अवस्था र स्वास्थ्यलगायत विभिन्न पक्षसँग पनि मानवअधिकारको कुरा जोडिएको बताए । उनले मानवअधिकारको रक्षा गर्ने पहिलो दायित्व राज्यको भएको पनि बताएका छन् ।
‘मानवअधिकारको रक्षा गर्ने पहिलो काम राज्यको हो । यो उल्लङ्घन हुनुहुँदैन । संगठित शक्तिले कानुन उल्घन गर्ने र आफ्नो सजिलोका लागि अवमुल्यन गर्नुहुदैन । कुनै संगठित समुहहले कमजोर नागरिकहरुका अधिकारहरु हनन गर्ने, त्रसित गर्ने, जीउ धनमा खतरा पुर्याउने, काम गर्न बाध्य बनाउने कुराले मानवअधिकारको पालना हुँदैन । राज्य आफै यस्ता कुरामा सचेत र प्रतिबद्ध हुनुपर्छ । मानवअधिकारको उल्लङ्घन हुन नदिने र सरकार सजग छ,’ प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले पार्टीका नीति अनुसार सरकारका नीति हुने भन्दै नेकपाको नीति नै सरकरको नीति भएको पनि बताए ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












