तीन मन्त्रीमा नयाँ नाम प्रस्तुत
जनार्दन भन्छनः ‘मलाई सञ्चार चाँहि हुँदैन है’
काठमाडाैँ । नेकपा स्थायी समिति सदस्य तथा ५ नं. प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल शनिबार रातारात बुटवलबाट काठमाडौं आई आइतबार एकाबिहानै महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य जनार्दन शर्मालाई लिएर बालुवाटार पुग्नुभएको छ ।
बालुवाटारपछि त्यहि टोली खुमलटार गएको थियो ।
दिउँसो दुई बजेसम्म उक्त टोलीले बालुवाटारमा दुईजना अध्यक्षसँग संयुक्त वार्ता गरी बुटवल फर्कने क्रममा पोख्रेल चढेको गाडीमा चितवन रामनगर पुग्दा ढुङ्गा प्रहार गरिएको थियो । स्रोतका अनुसार संयुक्त वार्तामा पार्टीभित्र उठेका पछिल्ला विषयमा एकसरो कुरो राखे पनि सहमतिमा पुग्न नसकेपछि सबैले बाटो तताएका थिए । छलफल भोलि फेरि बस्ने गरी टुङ्गाइएको छ ।
बालुवाटारमा अनौपचारिक ढङ्गले गरिएको आजको छलफलमा पनि प्रधानमन्त्रीले मन्त्रीमण्डल पुनर्गठनको क्रममा रिक्त तीनवटा मन्त्रालयमा मात्र मन्त्री थप्ने आशय व्यक्त गर्नुभएको बताइन्छ ।
वहाँका अनुसार अर्थमा विष्णु पौडेल,सञ्चारमा जनार्दन शर्मा र सहरी विकासमा सुरेन्द्र पाण्डेको छनक दिए पनि प्रचण्ड नबोली बस्नुभएको थियो । त्यहि मेसोमा नजिकै रहेका जनार्दनले ‘मलाई सञ्चार चाँहि हुँदैन है’ भनेर अरुचि पोखेको श्रोतको दावी छ ।
यो समाचार आजको जनआस्थामा छापिएको छ ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












