पशुपति क्षेत्र विकास कोषको नयाँ यो गुरूयोजना नै हैन, यसलाई खारेज गरौंः गगन थापा
काठमाडाैँ । नेपाली कांग्रेसका नेता गगन थापाले पशुपति क्षेत्र विकास कोषको नयाँ गुरूयोजना खारेज गर्नुपर्ने बताएका छन्।
पुरानो गुरूयोजनाको समीक्षा गर्दै सरोकारवालाको सहभागितामा अर्कै गुरूयोजना बनाउनुपर्ने थापाको भनाइ छ।
गुरूयोजनालाई लिएर पशुपति क्षेत्र विकास कार्यालय घेराउलगायतका आन्दोलन भइरहेका छन्।
थापाले पशुपति विकास कोषको नयाँ गुरूयोजनाबारे टिप्पणी गर्दै बुधबार ट्वीट गरेका छन्, ‘पशुपति क्षेत्र विकास कोषको नयाँ गुरूयोजना, न त निर्माण प्रक्रिया मिल्छ न त सामग्री नै। यो गुरूयोजना नै हैन। यसलाई खारेज गरौं।’
उनले पुरानो गुरूयोजनाको समीक्षा गरिनुपर्ने बताए।
‘पुरानो गुरुयोजनाको सम्पूर्ण समीक्षा गरौँ। तत्पश्चात् मात्रै हामी सरोकारवाला सबैको सहभागितामा वास्तविक गुरुयोजना बनाऔँ भन्ने सरकारसँग हाम्रो माग हो,’ थापाले भनेका छन्।
गुरूयोजनालगायतको विरोधमा पशुपति क्षेत्र संयुक्त संघर्ष समिति नै गठन गरेर स्थानीय बासिन्दा केही समयदेखि आन्दोलनमा छन्। उनीहरूले आज बिहान कोषको कार्यालयमा शान्तिपूर्ण धर्ना दिँदै छन्।
पशुपति क्षेत्रको वृहत्तर विकासका नाममा गुरूयोजना बनाइए पनि त्यो धार्मिक आस्था र साँस्कृतिक अवमूल्यन गर्ने खालको रहेको भन्दै विरोध भइरहेको छ।
गुरूयोजना गत फागुनमै मन्त्रिपरिषदमा पठाइएको थियो।
Comments
अरु समाचार
-
नेपाल–भारतबीच आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी, स्वास्थ्यदेखि अन्तरिक्ष प्रविधि र सहरी विकाससम्म साझेदारी
काठमाडौं। नेपाल र भारतबीच स्वास्थ्य, औषधि, परम्परागत चिकित्सा, अन्तरिक्ष प्रविधि, सुरक्षा, प्रशासनिक क्षमता अभिवृद्धि, कृषि तथा दिगो सहरी विकासलगायत आठवटा...
-
प्रविधि र एल्गोरिदमले समाजलाई भ्रमित पार्ने काम गर्योः शंकर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालका एल्गोरिदम र प्रविधिको दुरुपयोगले समाजमा विकृति तथा भ्रम फैलाइरहेको आरोप लगाएका...
-
भारतीय विदेशमन्त्री जयशंकर र प्रधानमन्त्री बालेनबीच २५ मिनेट वार्ता
नयाँ दिल्ली । प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने भारत भ्रमणका क्रममा भारतीय विदेशमन्त्री डा. एस. जयशंकर र प्रधानमन्त्री शाहबीच २५ मिनेट...
-
स्थानीय निर्वाचन वैशाखमै र प्रदेशको मंसिरमा हुनुपर्छ : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन आगामी वैशाखको अन्तिममा र प्रदेशसभा निर्वाचन मंसिरमा हुनुपर्ने बताएका...
-
प्रधानमन्त्रीको भारत भ्रमण तय, मन्त्रिपरिषद्ले के गर्यो ?
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको भारतको राजकीय भ्रमणलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शाहको नेतृत्वमा मङ्सिर...
-
संविधानको मर्म अनुसार प्रदेश र स्थानीय तहको निर्वाचनः निर्वाचन आयोग
काठमाडाैं । निर्वाचन आयोगले संविधान र कानुनको मर्मअनुसार स्थानीय तह र प्रदेशसभाको निर्वाचन गर्ने स्पष्ट पारेको छ। राष्ट्रिय मान्यता प्राप्त...
-
समाजलाई भ्रममुक्त बनाउन आवश्यकः ओली
काठमाडाैं । नेकपा (एमाले)का नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले समाजलाई सबै प्रकारका भ्रमबाट मुक्त गर्ने कामको अगुवाइ आफूहरूले गर्नुपर्ने...
-
परराष्ट्रमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता, नाका खुलाउने विषयमा छलफल
काठमाडाैं । परराष्ट्रमन्त्री शिशिर खनालले चीनसँगको तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन जोड दिएका छन् । मन्त्रालयमा आज परराष्ट्रमन्त्री खनालसँग चिनियाँ...
-
बरु रवि पक्राउ पर्लान, कुमार बेनलाई ‘सत्ताले छुनै’ सक्दैन
काठमाडाैं। सरकारले धमाधम नेता, पूर्वमन्त्री, व्यवसायीलाई चिवाैलिया भनिएका इनम सापकोटासंगको सम्पर्क रहेको र अन्य विभिन्न आरोपमा पक्राउ गरिरहेको छ। पूर्वमुख्यसचिव...













