शिक्षामन्त्रीले शनिबार मात्रै प्रधानमन्त्रीलाई भेटेका थिए
काठमाडौं । आइतवार कोरोना संक्रमण पुष्टि भएका शिक्षा मन्त्री गिरिजामणि पोखरेलले शनिबार मात्रै बालुवाटारमा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको खुलेको छ।
डाक्टर गोविन्द केसीको १९ औँ पटकको अनसन तोडाउनका लागि मन्त्री पोखरेल यो साता सक्रिय भएका थिए। वार्ता टोली गठनदेखि केसीसँगको सम्वादका क्रममा उनी शिक्षा मन्त्रालय, त्रिवि शिक्षण अस्पताल र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारसम्म पुगेका थिए।
बालुवाटारमै असहज बिहीबार र शुक्रबार भएको वार्ताले निकास दिन नसकेपछि मन्त्री पोखरेल शनिबार सरकारी वार्ता टोलीका संयोजक गोपीनाथ मैनालीसहित शनिबार प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए त्यहाँ पुगेर उनले प्रमसँग केसीका माग पूरा गर्ने उपायबारे छलफल गरेका थिए।
त्यसक्रममा उनलाई बालुवाटारमै असहज भएको थियो। प्रधानमन्त्रीसँगको संवादकै क्रममा असहज भएपछि उनी त्यहाँबाट सीधै मन्त्री निवास पुल्चोक पुगेका थिए। शिक्षा मन्त्रीका सचिवालय सदस्य विनोद न्यौपानेका अनुसार पोखरेलले निवासमा पुगेर ज्वरो कम गर्ने औषधि पनि लिएका थिए। तर त्यहाँ लिएको औषधिले काम नगरेपछि उनी आवश्यक परामर्शका लागि पाटन अस्पताल पुगेका थिए।
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि मन्त्री पोखरेललाई चिकित्सकले शनिबारै स्वाब लिएर निगरानीमा राखेका थिए। ज्वरो आएपछि चिकित्सकको निगरानीमा पाटनमै बसेका उनमा शनिबार कोरोना पुष्टि भएको न्यौपानेले जानकारी दिए।
यो साता मन्त्री पोखरेल सरकारी वार्ता टोलीका संयोजक गोपीनाथ मैनाली, तथा सदस्यहरु स्वास्थ्य मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलीप शर्मासँग निरन्तर संवादमा थिए। केही दिनयताको पोखरेलको सक्रियताले प्रधानमन्त्री ओलीसहितका उच्च अधिकारी कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।
मन्त्री पोखरेलले केसीको ६ बुँदे माग पूरा गर्ने उपायबारे प्रधानमन्त्रीदेखि अन्य उच्च अधिकारीसँग सम्वादमा सक्रिय हुँदा धेरैजना कन्ट्याक्ट ट्रेसिङमा पर्ने भएका हुन्।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












