ईश्वर आफैं अलमलमा, बढुवा भइयो कि घटुवा !
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार गरेको मन्त्रिपरिषद हेरफेरमा उपप्रधानमन्त्री ईश्वर पोखरेलको रक्षामन्त्री पद खोसिएको प्रष्टै छ ।
कार्यविभाजनमा ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय’ लेखिएको छ । रक्षामन्त्रालय खोसेर दिइएको प्रधानमन्त्री कार्यालयको जिम्मेवारी सम्मान हो कि मानमर्दन ? यसको भेऊ स्वयं पोखरेलले नै पाएका रहेनछन् भन्ने प्रमाण बुधबार आधारातमा उनले गरेको ट्विटबाट स्पष्ट हुन्छ ।
बुधबार राति ११ बजेर ८ मिनेट जाँदा उपप्रधानमन्त्री पोखरेलले एउटा ट्विट गरे, जसमा भनिएको छ, ‘विकसित परिस्थिति र घटना–प्रशंगका सम्वन्धमा मानिसहरूका बुझाइ, विश्लेषण र अभिव्यक्ति र टिप्पणी हेर्दै … बुझ्ने कोशिस गर्दै…।’
उपप्रधानमन्त्री पोखरेलको ट्विटमा शर्मिला ठकुरीको प्रश्न छ, ‘म रोउँ कि हासौं ? प्रधानमन्त्री केपी शर्मा ओलीले ईश्वर पोखरेलले निर्वाह गर्दै आएको रक्षा मन्त्रालयको भूमिका खोसेर जगेडामा थन्क्याएका छन् । तर, सबका सब मन्त्रिपरिषदको सम्पूर्ण कामको रेखदेख गर्ने जिम्मा पाएको भनेर धमाधम बधाई दिइरहेका छन् । मेरो बुझाइमा कमजोरी हो कि अरुको ?’
प्रधानमन्त्रीले रक्षा मन्त्रालयको जिम्मेवारी आफैंसँग राखेको र, उपप्रधानमन्त्री पोखरेललाई चाहिँ ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय’ जिम्मा पाएको चर्चाबारे रोचक व्यंग्य गर्दै निरञ्जन खनालले ईश्वर पोखरेलको ट्विटमा रिप्लाई दिएका छन्, ‘उपप्रधानमन्त्रीले प्रधानमन्त्री र मन्त्रिपरिषदको कार्यालय हेर्ने, प्रधानमन्त्रीले चाँहि रक्षा मन्त्रालय हेर्ने । आश्चर्य ?’
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












