जनप्रतिनिधिमाथि नै लाठी चार्ज कानूनी राज्यमाथि कै प्रश्न : डा.शेखर कोइराला
काठमाडौँ। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जनप्रतिनिधिलाई नै लाठी चार्ज र दूर्व्यवहार गरिनुले कानूनी राज्यमाथिकै प्रश्न उठेको बताएका छन् ।
सर्लाहीको रामनगर गाउँपालिका–७ सिसौटका महेन्द्र रामको कुटपिटपछि उपचारका क्रममा मृत्यु भएको घटनाको जाहेरी दर्ता गर्न जाने क्रममा जनप्रतिनिधिलाई पनि लाठी चार्ज गरिएकोमा डा.कोइरालाले आपत्ति जनाएका छन् ।
कोइरालाले आज प्रेस वक्तव्य जारी गर्दै घटनाको जाहेरी लिन पनि नमान्ने र त्यसलाई दर्ता गर्न जाँदा कांग्रेस सांसद डा.अमरेश कुमार सिंह, सर्लाही कांग्रेस सभापति नगेन्द्र कुमार तथा प्रदेश सांसदलाई समेत प्रहरीले लाठी चार्ज गर्नुले कानूनी राज्यमाथिकै प्रश्न उब्जिएको बताएका छन् ।
आठ दिनसम्म अस्पतालमा महेन्द्र रामको शव राखिनु र मृतकका परिवारले दिएको जाहेरी दर्ता नगर्ने प्रहरीले प्रशासनले शान्तिपूर्ण र्यालीमा पनि दूर्व्यवहार गर्नुले नागरिकलाई कसरी न्याय मिल्ला भन्दै कोइरालाले आशंका व्यक्त गरेका छन् ।
कोइरालाले शान्तिपूर्ण र्यालीमा पक्राउ परेका सबैलाई रिहाइ गर्दै जाहेरी दर्ता गर्न पनि प्रशासनलाई आग्रह गरेका छन् ।
‘म प्रशासनको निर्देशनमा सुरक्षाकर्मीबाट भएको यो घटनाको घोर निन्दा र भर्त्सना गर्छु,’ कोइरालाले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘पक्राउ परेका व्यक्तिहरुलाई अविलम्व रिहाइ गर्न, घटनाका घाइतेको उपचार गर्न, मृतकका परिवारको जाहेरी दर्ता गर्न र पीडित परिवारलाई न्याय दिइ आवश्यक क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग जोडदार माग गर्दछु ।’
गएको असोज २१ गते दुई पक्षबीच झडप हुँदा ६५ वर्षीय महेन्द्र रामको उपचारका क्रममा असोज २२ गते मृत्यु भएको थियो ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












