नेकपामा कर्णाली प्रकरणले अध्यक्षद्वय ओली-प्रचण्डबीच दरार
काठमाडौं। कर्णाली प्रदेशको विवाद र मन्त्रीमण्डल पुनर्गठनका कारण नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच दरार उत्पन्न भएको छ।
प्रधानमन्त्री ओलीले आफू निकटलाई मात्रै समेटेर मन्त्रीमण्डल पुनर्गठन गरेपछि कार्यकारी अध्यक्ष दाहाल रुष्ट बनेका छन्। सोही कारण कर्णाली प्रदेशका सांसदहरूसँग भएको छलफल कार्यकारी अध्यक्ष दाहालले बहिष्कार गरेका छन्। दाहालको बहिष्कारका कारण प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशका दुवै पक्षसँग लामो कुरा गर्नु परेको थियो।
‘‘छलफलमा प्रचण्डजीलाई पनि बोलाइएको थियो तर उहाँ छलफलमा आउनुभएन,’’ प्रधानमन्त्री ओलीलाई उद्यृत गर्दै कर्णालीका एक सांसदले भने, ‘‘कार्यकारी अध्यक्ष नआए पनि प्रधानमन्त्रीज्यूले दुवै अध्यक्ष मिलेर समस्याको समाधान गर्ने प्रतिबद्धता जनाएका छन्।’’ उनका अनुसार प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्ष दाहालसँग केही समयभित्रै छलफल गरेर निश्कर्ष निकाल्ने जनाएका छन्।
गत आइतबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरूद्ध नेकपाका १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि त्यसबारे छलफल गर्न कर्णाली प्रदेशका सांसदहरूलाई काठमाडौं बोलाइएको थियो।
असोज २९ भित्र काठमाडौं आउने लिखित निर्देशनसँगै सांसदहरू काठमाडौं आइपुगे पनि अध्यक्षद्वय ओली र प्रचण्डसँग सामूहिक छलफल गर्न पाएनन्।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












