जसपामा कार्यविभाजन हुँदै, बाबुराम भट्टराई संघीय परिषद्को अध्यक्ष हुने
काठमाडौं। आज देखी सुरु हुने जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको दोस्रो बैठकमा ८०१ सदस्यीय जम्बो केन्द्रीय कमिटीको घोषणा हुँदैछ।
त्यसका लागि बालकुमारीस्थित तुल्सीलाल आमात्य प्रतिष्ठानमा बैठक बसिरहेको छ। आजैको बैठकवाट पुर्वप्रधानमन्त्री बाबुराम भट्टराई औपचारिक रूपमा संघीय परिषद्को अध्यक्षसमेत हुने भएका छन्।
आजको बैठकमा संघीय परिषद गठन, विधान संशोधन, पदाधिकारी चयन, केन्द्रीय समिति सदस्यको घोषणालगायतका अजेन्डा रहेको अध्यक्ष उपेन्द्र यादवले बताए।
गत साउन २१-२५ मा बसेको पहिलो केन्द्रीय कार्यकारिणी समिति बैठकले पदाधिकारी चयन गर्न नसके पछि त्यसको जिम्मा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवसहित वरिष्ठ नेताहरू राजेन्द्र महतो, बाबुराम भट्टराई र अशोक राईलाई दिइएको थियो।
तर, झन्डै २ महिनासम्म पनि केन्द्रीय कार्यकारिणी समितिमा रहेका ५१ जना सदस्यलाई पदाधिकारी बनाउन सकेनन्।
सो विषयमा पनि जारी बैठकमा छलफल हुने नेता केशव झाले जानकारी दिए। यसअघि तत्कालीन नेकपा माओवादी केन्द्रले झन्डै ५ हजार सदस्य रहेको केन्द्रीय समिति गठन गरेको थियो।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












