धुम्बाराहिमा प्रचण्डको ब्रिफिङ- ‘मैले सचिवालय बैठक बोलाए पार्टी फुटको घोषणा हुन्छ रे !’
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बहुमत सचिवालय सदस्यको अनौपचारिक बैठक धुम्बाराहीमा सम्पन्न भएको छ । सचिवालय बैठक बोलाउन कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीलाई पटकपटक आग्रह गरे पनि सहमति नभएपछि शुक्रबार प्रचण्डले सचिवालयको अनौपचारिक बैठक बोलाएका हुन् । धुम्बाराहीमा भएको बैठकमा प्रचण्डले अध्यक्ष ओलीले औपचारिक बैठक बोलाए पार्टी फुटको बिन्दु त्यही हुने भन्दै चेतावनी दिएको ‘ब्रिफिङ’ गरेका छन् ।
‘पटकपटक प्रयास गर्दा पनि हिजोसम्म अध्यक्ष ओलीले बैठक बस्न सहमति दिनु भएन’, बैठकबारे जानकारी दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘सहमति नभएको अवस्थामा कार्यकारी अध्यक्षले औपचारिक बैठक बोलाएर बस्नुभयो भने त्यो नै पार्टी फुट घोषणाको बिन्दु हुने भनेर भन्नु भएको कुरा अध्यक्ष प्रचण्डले आज जानकारी दिनुभयो ।’
पार्टी एकताको अवस्थालाई सहमतिकै माध्यमबाट कायम गर्नुपर्ने भन्दै प्रचण्डले शुक्रबारका लागि अनौपचारिक बैठक बोलाएको श्रेष्ठको भनाइ छ ।
धुम्बाराही बैठकमा अध्यक्ष प्रचण्डसहित शीर्ष पाँच नेता सहभागी थिए । बैठकमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी भएका हुन ।
अध्यक्ष ओलीले बैठक उपस्थित नहुने जानकारी गराएका थिए भने अन्य तीन सचिवालय सदस्य बैठकमा सहभागी भएनन् ।
धुम्बाराही छलफलमा सहभागी नभएका महासचिव विष्णु पौडेल र उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा ‘बादल’ सिंहदरबारको छुट्टै छलफलमा सहभागी थिए ।
बिहीबार बालुवाटारमा प्रधानमन्त्रीसँगको भेटमा प्रचण्डले सचिवालय बैठक बोलाउनुपर्ने बताउँदा प्रधानमन्त्री ओलीले भने बैठक जरूरी नभएको बताएका थिए। बिहीबारको बालुवाटार सम्वाद थप तिक्कतापूर्ण भएपछि प्रचण्ड सचिवालय बैठक बोलाउने निष्कर्षमा पुगेका हुन्।
प्रधानमन्त्री ओलीले पनि आफूविरुद्ध कहाँ केके भइरहेको छ भन्ने बारे सबै सूचना आफूसँग भएको बताउँदै खुमलटार र कोटेश्वरमा गुटगत भेला र बैठक गरेर विभाजन ल्याउन खोजेको आरोप लगाएका थिए। ओलीले आफूलाई घेराबन्दीमा पार्ने प्रयास भइरहेको तर आफू पछि नहट्ने बताएका थिए।
अहिले पार्टी बैठक बोलाउने र भदौ २६ मा स्थायी समितिले गरेको निर्णय कार्यान्वयन गर्ने विषय मात्रै आफूहरूले उठाए पनि राजीनामाको उठ्दै नउठेको विषय किन उठाएको भन्दै दाहालले ओलीसँग आपत्ति जनाएका थिए।
पार्टीको निर्णय र सहमतिको उलंघन गर्दै प्रधानमन्त्री ओलीले आफूखुसी राजदूतहरु नियुक्त गरेको, मन्त्रिपरिषद् पुनर्गठनमा पार्टीभित्र कुनै परामर्श नगरेको, कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न उक्साएको, सीमा लगायत विषयमा संवाद ठप्प भएका बेला भारतको गुप्तर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयललाई भेटेर त्यसलाई उपलब्धीका रुपमा प्रचार गरेको र पर्सामा पूर्वमाओवादी पृष्ठभूमिका मुकेश चौरसियाको हत्या हुँदा दोषीलाई कारबाही नगर्न दबाब दिएको आरोप लगाउँदै प्रचण्ड-नेपाल पक्ष यतिबेला ओली टिमसँग रुष्ट भएको छ। धुम्बाराही बैठकमा यी र यिनै विषयमा छलफल भएको जानकारी श्रेष्ठले दिए ।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












