प्रचण्डले धुम्बाराहीमा नेम्वाङलाई सोधे- प्रधानमन्त्रीको धारणा के छ?
काठमाडाै । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीमा अहिले विवाद उत्कर्षमा छ। प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लगाएका आरोपको लिखित जवाफ दिन १० दिनको समय मागेपछि नेकपाको औपचारिक बैठक बसेको छैन, तर दुबै पक्षले अनौपचारिक रूपमा भेटघाट र छलफल भने गरिरहेका छन्। यस्ता अनौपचारिक भेटघाट र छलफल यसअघि अध्यक्ष प्रचण्डले आफ्नो खुमलटारस्थित निवासमा गर्ने गरेका थिए। प्रचण्डलाई भेट्न ओली पक्षीय नेताहरू खुमलटारमै पुग्थे।
शुक्रबार भने प्रचण्डले प्रधानमन्त्री ओली पक्षका दुई नेता अर्थमन्त्री समेत रहेका महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङलाई पार्टी कार्यालय धुम्बाराहीमा भेटेका छन्।
उनीहरू दुई जनासँग प्रचण्डले धुम्बाराहीमा छुट्टाछुट्टै कुराकानी गरेका हुन्। सुरूमा प्रचण्डले महासचिव पौडेलसँग कुरा गरेका थिए।
स्रोतका अनुसार भेटमा महासचिव पौडेलले प्रचण्डले उनले कात्तिक २८ गतेको सचिवालयमा राखेको प्रतिवेदन फिर्ता लिन आग्रहका गरेका थिए। उक्त प्रतिवेदन फिर्ता लिएर दुई अध्यक्षले संयुक्त रूपमा प्रतिवेदन लेख्नु पर्ने बताएका थिए।
प्रचण्डले छलफल गरेर जाऔं न भनेका थिए। उनीहरूबीच झन्डै आधा घन्टा कुराकानी भएको थियो।
प्रचण्डसँगको कुराकानीपछि पौडेलले पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै परिस्थिति निकै गम्भीर रहेको बताएका थिए।
पौडेलसँग कुरा गरेपछि प्रचण्डले नेता नेम्वाङसँग पनि धुम्बाराहीमा छलफल गरेका थिए।
छलफलका क्रममा पार्टी विवादको निकासबारे कुरा भएको नेम्वाङले जानकारी दिए।
‘मैले स्थायी कमिटीका निर्णय कार्यान्वयन गर्ने बेलामा तपाईंहरूले अभियोग पत्र दर्ता गराउनु भयो, त्यसले पार्टी पंक्ति र जनतामा राम्रो सन्देश गएन भनें,’ प्रचण्डसँगको कुराकानी उद्धृत गर्दै नेम्वाङले भने,‘तपाईंहरूले पार्टी एकता गर्नुभएको हो। यसलाई जोगाउने जिम्मा पनि तपाईंहरूकै हो भनें।’
जवाफमा प्रचण्डले आफूले सचिवालयमा दर्ता गरेको प्रस्तावले बाहिर त्यति नराम्रो सन्देश पनि नगएको बताएका थिए।
उनले प्रधानमन्त्री ओलीको पछिल्लो धारणा के छ भनेर पनि नेम्वाङलाई सोधेका थिए।
‘मैले प्रधानमन्त्री चिन्तित हुनुहुन्छ। तर पार्टी एकता जोगाउन उत्तिकै दृढ हुनुहुन्छ भनें,’ नेम्वाङले भने,‘उहाँले प्रतिवेदन बनाउने भन्नुभएको छ, त्यो बनाउनु हुन्छ।’
प्रचण्डले आफू पनि पार्टी एकताको डोरी चुँडिन नदिने गरी लाग्ने बताएको नेम्वाङले जानकारी दिए।
‘म पनि पार्टी एकताको डोरी चुँडिन दिन्नँ। तपाईंहरू पनि लाग्नुस् भन्नुभयो,’ नेम्वाङले भने।
आजै उपप्रधानमन्त्री तथा नेकपा सचिवालय सदस्य ईश्वर पोखरेल पनि पार्टी कार्यालय धुम्बाराहीमा गएका थिए। तर उनी र प्रचण्डबीच भेटघाट भएको पुष्टि भएको छैन।
पौडेल र नेम्वाङसँग भेटेपछि प्रचण्ड अहिले धुम्बाराहीबाट फर्किसकेका छन्।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












