केपी ओलीले नै ‘जनताकाे बहुदलीय जनवाद’ छाेडेका हुन् : सुरेन्द्र पाण्डे
काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण कम्युनिस्ट आन्दोलन र दुई तिहाईको सरकार संकटमा परेको बताएका छन्।
पोखरामा नेकपा माधव नेपाल समूहको गण्डकी प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै नेता पाण्डेले यस्तो बताएका हुन्।
अहिले पार्टी र सिद्धान्तको बहसले नभएर ओलीको दम्भ र अहंकारले मात्र पार्टीमा विभाजनको अवस्था सिर्जना भएको पाण्डेले बताएका थिए। पूर्व अर्थमन्त्री समेत रहेका पाण्डेले आफूहरुले प्रधानमन्त्री ओलीलाई कुनै पनि पदबाट हट्न नभनेको बताउँदै ओलीको कार्यशैलीमा विमति रहेको जानकारी गराएका थिए।
दुई ठूला कम्युनिस्ट पार्टी मिलेर चुनावमा गएकै कारणले जनताले झन्डै दुई तिहाई बहुमत दिएर पठाएको स्मरण गराउँदै पाण्डेले जनताको त्यो अभिमतको कदर गर्न पनि पार्टीलाई विभाजनबाट जोगाउनुपर्ने उनको भनाई थियो।
नेता पाण्डेले नेकपा एमाले र जनताको बहुदलीय जनवादको सैद्धान्तिक बाटो केपी ओलीकै कारण छोडिएको आरोप लगाउँदै अहिले कुनै मुद्दा नपाएर जबजको कुरा गर्न थालेको बताए।
पाण्डेले भने,‘उतिबेला ओलीजी र प्रचण्ड मिलेर जबज र २१ औं शताब्दीको जनवादलाई त्यागे र जनताको जनवादलाई पार्टीको सिद्धान्त बनाए। माधव नेपाल समूहलाई थाहै नदिई नेकपा एमाले र जबज सिध्याएको होइन ? आज उनै प्रचण्डसँग झगडा गरेर एमाले ब्युताउँछु भन्दै जबजको बहस चलाउन कुन नैतिकताले दिन्छ ?’
कार्यक्रममा पूर्वमाओवादी समूहका नेता कार्यकर्तालाई आमन्त्रण नगरिएको भएपनि पाण्डेले उनीहरुसँगको सम्बन्ध सुमधुर राख्न आफ्ना पक्षका कार्यकर्तालाई निर्देशन दिएका थिए।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












