नेकपाको सचिवालय बैठक भोलि बस्दै : एक-अर्काविरुद्ध रणनीति बनाउँदै ओली-प्रचण्ड
काठमाडाैँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगेपछि प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आ-आफ्नै रणनीति बनाउन जुटेका छन्।
नेकपाको सचिवालय बैठक दश दिनपछि भोलि शनिबार बस्दै छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको राजनीतिक प्रस्तावको जवाफमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक प्रस्ताव राख्नेछन् ।
यही ३ मंसिरमा बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले आफूले राजनीतिक प्रस्ताव राख्ने जानकारी दिएपछि दश दिनपछि बस्ने गरी बैठक स्थगित भएको थियो ।
सचिवालय बैठकमा अध्यक्ष दाहालले अध्यक्ष ओलीप्रति गम्भीर आरोपसहित राजनीतिक प्रस्ताव राखेका छन् । अध्यक्ष दाहालले राखेको प्रस्ताव र आरोपको जवाफमा अध्यक्ष ओलीले प्रस्ताव तयार पारेको स्रोतले जनाएको छ ।
अध्यक्ष ओलीले आफूनिकटका सचिवालय सदस्य, स्थायी समिति सदस्य र केन्द्रीय सदस्यहरूसँग समेत छलफल गरेर प्रस्ताव तयार पारेको स्रोतले जनाएको छ । त्यसैगरी उनले कही तटस्थ बसेका नेताहरूसँग पनि छलफल गरेका थिए ।
उनले आफ्नो प्रस्ताव बिहीबारसम्म करिब अन्तिम रूप दिएको स्रोतको भनाइ छ ।
अध्यक्ष ओलीले अर्का अध्यक्ष दाहालले राखेको प्रस्तावलाई लिएर कडा रूप अपनाउने वा नरम रूप अपनाउने भन्नेबारे अझै स्पष्ट खुलिनसकेको स्रोतको भनाइ छ ।
अध्यक्ष दाहाल पक्ष भने अध्यक्ष ओलीको प्रस्तावलाई अध्ययन गरेपछि आफ्नो रणनीति बुन्ने योजनामा छ ।
सत्तारुढ दल नेकपामा अध्यक्ष ओली पक्ष र अर्का अध्यक्ष दाहाल पक्षबीच एक–अर्कामा आरोप–प्रत्यारोपको क्रम निरन्तर चलिरहेको छ । दलमा दुई खेमा स्पष्ट देखिएपछि नेकपाको उच्च नेतृत्व चरम शक्ति संघर्षबाट गुज्रिरहेको छ ।
भोलि शनिबार बस्ने सचिवालय बैठकमा प्रस्तुत हुने अध्यक्ष ओलीको प्रस्तावपछि उत्पन्न हुने अवस्थापछि नेकपाभित्रको अन्तर्द्वन्द्वको दिशा के–कस्तो हुने संकेत देखिने राजनीतिक विश्लेषकहरूको भनाइ छ ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












