ओलीको जवाफ अफवाह, घमण्ड र अहङ्कारले पार्टी चल्दैन : प्रचण्ड
काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयको ७० औं बैठकमा दिएको जवाफ अहङ्कार र घमण्डले भरिएको बताएका छन् । सचिवालय बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले ओलीको प्रत्युत्तरमा अहङ्कार सिवाय केही नदेखिएको बताएका हुन् ।
“मैले राखेको विषयवस्तुलाई आरोपपत्र भन्नुभयो । यहीँनेर तपाईंमा अहङ्कार देखियो । तपाईंको दम्भ, घमण्ड, अहङ्कारले नै समस्या निम्त्याइरहेको छ । फेरि पनि निम्त्याउने छ,” प्रचण्डको भनाइ एक सचिवालय सदस्यले उद्धृत गरे, “तपाईं जसरी प्रस्तुत हुँदै हुनुहुन्छ, यो राम्रो बाटो होइन । बहुमत सचिवालय सदस्यको प्रस्ताव स्वीकारेर जानुको विकल्प छैन ।”
ओलीको जवाफलाई प्रचण्डले अफवाहको संज्ञा दिएका थिए । ओलीले दोस्रो केन्द्रीय कमिटीको बैठकले गरेका निर्णय नमानेपछि पार्टीमा समस्या सिर्जना भएको भन्दै त्यसलाई सच्याउनुको विकल्प नभएको प्रचण्डको भनाइ थियो ।
“दोस्रो केन्द्रीय कमिटीको बैठकपछि जसरी मेरा विरुद्ध मेरै समूहका साथीहरूलाई प्रयोग गर्न थाल्नुभयो । पशुपति प्लाजामा बैठक राख्नुभयो,” प्रचण्डको भनाइ उद्धृत गर्दै ती सदस्यले भने, “प्रचण्डको मानिस तानेर कसरी एक्ल्याउन सकिन्छ भनेर लाग्नुभयो, त्यही विन्दुदेखि पार्टी, एकता कमजोर भयो ।”
प्रचण्डको भण्डाफोर गर्ने सोच पलाएपछि एकताको आधार भत्किन थालेको उनको भनाइ थियो । “पछिल्लो शृङ्खलासम्म आइपुग्दा तपाईंले अध्यादेश ल्याउनुभयो, आफ्नै, अर्काको पनि पार्टी फुटाउन सांसद अपहरणजस्तो काम गर्नुभयो, यी सबै घटनाहरूले पार्टी एकताको विरूद्धमा को छ भनेर प्रष्ट हुन्छ,” प्रचण्डको भनाइ थियो ।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












