शेखर गोल्छाले गरे महासंघ अध्यक्षमा पदबहाली
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष शेखर गोल्छाले आज पदाबहाली गरेका छन्।
५४औं साधारण सभाबाट १९औं अध्यक्ष बनेका गोल्छाले हिजो आइतबार अध्यक्षको सपथ ग्रहण गरेका थिए।
पदबहालीपछि उनले आफ्नो कार्यकालमा सफलता प्राप्त गर्न सचिवालयका कर्मचारीहरूको पनि महत्त्वपूर्ण भूमिका रहेको बताएका थिए। उनले पदाधिकारी र कार्यकारिणी समिति सदस्यहरू निश्चित अवधिका लागि आउने भए पनि कर्मचारीहरू महासंघको स्थायी संरचना भएकाले सचिवालयले दिने सेवालाई चुस्त दुरुस्त र प्रभावकारी बनाउन निर्देशन दिए।
उनले पदबहालीपछि बोल्ने क्रममा राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरणमा निजी क्षेत्रको भूमिकालाई प्रभावकारी बनाउँदै जाने आफ्नो मुख्य लक्ष्य र उद्देश्य रहेको समेत बताएका छन्।
सचिवालयलाई पूर्ण रूपमा सुदृढीकरण गर्ने प्राथमिकता रहेकाले सोहीअनुसार वातावरण निर्माण गर्ने, कर्मचारीहरूको वृत्ति विकास र सचिवालयको प्रभावकारी सञ्चालनका विषयमा ध्यान दिई महासंघ सचिवालयलाई एक प्रोफेशनल अर्गनाइजेशका रूपमा सञ्चालन गर्ने पनि गोल्छाले स्पष्ट पारे।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












