चन्द्रागिरि हिल्सको साधारण शेयर बिक्री सुरु
काठमाडाैँ । काठमाडौं उपत्यकामा केवलकार सञ्चालन गर्दै आएको चन्द्रागिरि हिल्स लिमिटेडले आजदेखि साधारण शेयर बिक्री गर्न थालेको छ ।
वास्तविक क्षेत्रलाई समेत शेयर बजारमा ल्याउने लक्ष्यका साथ सरकारले अगाडि बढाएको नीतिअनुसार नै सो कम्पनीले साधारण शेयर बिक्री गरेको हो ।
कम्पनीले स्थानीय आयोजना प्रभावितलाई आजदेखि साधारण शेयर बिक्री गर्न थालेको हो । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई पहिलो चरणमा आयोजना प्रभावितलाई साधारण शेयर बिक्रीका लागि अनुमति दिएको हो ।
पहिलो चरणको साधारण शेयर बिक्री छिटोमा आगामी पुस १ गतेसम्म र ढिलोमा आगामी पुस १६ गतेसम्म हुनेछ । कम्पनीले आयोजना प्रभावितका लागि प्रति शेयर रु १०० का दरले तीन लाख छ हजार ८१९ कित्ता बिक्री गर्नेछ ।
आयोजना प्रभावित क्षेत्रमा काठमाडौँ जिल्लाअन्तर्गत चन्द्रागिरि नगरपालिका-३,४, ६ र ७ साविक थानकोट गाविसाका सम्पूर्ण वडा र साविक महदेवस्थान गाविसको वडा नं ३,४,५,६,७,८, एवं मकवानपुर जिल्लाको थाहा नगरपालिका-९ र १० छन् ।
बिक्री प्रबन्धकका अनुसार कम्पनीको साधारण शेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम तीन हजार ६० कित्तासम्म आवेदन दिन सकिनेछ । यस्तै दोस्रो चरणमा आम सर्वसाधारणका लागि १५ लाख ३४ हजार ९१ कित्ता शेयर बिक्री गरिनेछ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












