सन्दीप लामिछाने कोरोना संक्रमणमुक्त
काठमाडौं । क्रिकेट खेलाडी सन्दीप लामिछाने कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।
उनले आफू १० दिन आइसोलेसन बसेपछि कोरोना संक्रमणमुक्त भएको आफ्नो फेसबुकमार्फत जानकारी दिएका छन् ।
उनले आफ्नो सुस्वास्थ्यका लागि कामना गर्ने सबैलाई धन्यवाद दिएका छन् । उनले आफू मैदान फर्केर टिमको लागि राम्रो खेल्न आतुर रहेको पनि उल्लेख गरेका छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टिमको यही मंसिर ११ गतेदेखि त्रिवि क्रिकेट मैदानमा बन्द प्रशिक्षण सुरु भएको छ । नेपाल क्रिकेट संघ क्यानले मंसिर ९ गते गराएको पिसिआर परिक्षणमा पनि सन्दीप उपस्थित थिएनन् ।
कोरोनामुक्त भएसंगै अब सन्दीप बन्द प्रशिक्षणमा समावेश हुने सम्भावना छ ।
डिसेम्बर १० देखि अष्ट्रेलियामा सुरु हुने बिग बास लिग (बीबीएल) खेल्न जानुअघि सन्दीपले एक साता जति राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा सहभागी हुन सक्ने यसअघि उनका व्यवस्थापक रमन शिवाकोटीले जनाएका थिए ।
यसअघि लगातार दुई सिजन मेलवर्न स्टार्सबाट बीबीएल खेलेका सन्दीप यस सिजन नयाँ टिम होबार्ट हुरिकेन्सबाट खेल्दैछन् ।
Comments
अरु समाचार
-
फिफा विश्वकप फुटबल २०२६: स्कटल्याण्डलाई मोरक्कोले १–० ले हरायो
काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले पहिलो जित निकालेको छ । शनिबार बिहान बोस्टन स्टेडियममा...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...
-
अर्जेन्टिनाका मेस्सीले गरे ह्याट्रिक, उनका फ्यानहरू उत्साहित
काठमाडौं । लियोनेल मेस्सीको लगातारको उत्कृष्ट प्रदर्शन र कीर्तिमानी ह्याट्रिकका कारण उनका फ्यानहरू निकै उत्साहित भएका छन् । उनको यो...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...











