नेपालसँग समझदारी विकास हुँदैछ : भारतीय विदेशमन्त्री जयंशकर
काठमाडाैँ । भारतीय अंग्रेजी दैनिक द हिन्दुसँगको अन्तर्वार्तामा नेपालसँगको सम्बन्धको प्रसंगमा विदेश मन्त्री जयशंकरले त्यस्तो धारणा राखेका हुन् ।
‘हो कुनै बेला हामीबीचमा केही समस्या थियो तर, अहिले हामी प्रस्ट रुपमा देख्न सक्छौं, पछिल्ला केही सातामा भारत र नेपालले मिलेर अगाडि बढ्ने निर्णय गरेका छन् र त्यो आपसी समझदारीमै भइरहेको छ,’ जयंशंकरले भनेका छन् ।
जयंशकरको संकेत पछिल्लो समय भारतका तर्फबाट लगातार भएका उच्चस्तरीय भ्रमणको शृखंलातर्फ थियो । नक्सा विवादका कारण एक वर्षदेखि दुई देशबीच संवादहीनता कायम रहेकै अवस्थामा डेढ महिनाअघि भारतीय जासुसी संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयल काठमाडौं आएका थिए ।
त्यसलगत्तकै भारतीय स्थलसेना प्रमुख मनोजमुकुन्द नरवणे र भारतीय विदेश सचिव हर्षवद्र्धन शृंगला काठमाडौं ओर्लेका थिए । भारतीय उच्च अधिकारीहरुबाट भएका लगातारका यी भ्रमणलाई भारतको नेपालसँगको संवादहीनता तोड्ने प्रयासका रुपमा अथ्र्याइएको छ । विशेषगरी दुई देशबीचको संवादहीनताका फाइदा उठाउँदै उत्तरी छिमेकी चीनको नेपालमा आफ्नो प्रभावलाई बढाउँदै लगेको र त्यसकारण पनि काठमाडौंलाई ‘इन्गेज’ राखिराख्ने रणनीतिअन्तर्गत भारतका तर्फबाट उच्च अधिकारीहरुको नेपाल भ्रमण भएको दाबी गरिएको छ ।
साथै अन्तर्वार्तामा जयंशकरले छिमेकीहरुबीच समस्या हुनु सामान्य रहेको समेत उल्लेख गरेका छन् । ‘कुनै दुई छिमेकी भन्नुस् जसका बीचमा समस्या नभएको होस्,’ जयंशकरले भनेका छन् । त्यसैगरी उनले दुई देशबीच पछिल्लो एक वर्षदेखि कायम नक्सा विवादलाई घरेलु राजनीतिको नतिजाको रुपमा समेत संकेत गरेका छन् । उनले अधिकांश छिमेकीहरुमा लोकतान्त्रिक व्यवस्था रहेको हुँदा सबैले आ–आफ्ना हिसाबले राजनीति गर्ने गरेका कारण समेत विवाद देखिने गरेको जनाएका छन् ।
‘उनीहरुको आफ्नो राजनीति छ । हाम्रो आफ्नै राजनीति छ । विवाद त भइहाल्छन् । मुख्य कुरा विवादलाई कसरी व्यवस्थापन गर्छौं भन्ने हो । प्रमुख प्रश्न भनेको समस्याको समाधानका लागि साझा बिन्दु कसरी पहिल्याउने भन्ने हो ?,’ जयंशकरले अन्तर्वार्तामा भनेका छन् । तर, छिमेकसँगको सम्बन्धमा पछिल्ला वर्षहरुमा व्यापक बद्लाव आएको समेत उनले दाबी गरेका छन् ।
त्यसैगरी जयंशकरले संविधानको विषयलाई लिएर भारतले जनाएको आपत्तिलाई कुनै एउटा घटना विशेषका रुपमा हेर्नुपर्ने र त्यसैका आधारमा दुई देशबीचको सम्बन्धका बारेमा निष्कर्षमा पुग्न नहुने बताएका छन् ।
भारतले नेपालको संविधान जारी गर्दा आफ्ना चासोहरुलाई बेवास्ता गरेको भन्दै विरोध जनाएको थियो । संविधानमा आफ्नो सुझाव समेट्नका लागि दबाब दिनका लागि त्यतिबेला विदेश सचिव रहेका जयशंकर आफै काठमाडौं ओर्लेका थिए । तर, नेपालका प्रमुख राजनीतिक दलहरुले भारतको दबाबलाई अस्वीकार गरे र संविधान जारी गरेरै छाडे ।
त्यसबाट आक्रोशित बनेको भारतले नेपालमाथि करिब ६ महिना लामो अघोषित नाकाबन्दी नै लगाएको थियो । उक्त नाकाबन्दीका कारण नेपालमा भारतविरोधी भावना थप चर्किन पुग्यो । नाकाबन्दीको नेपालमात्र मात्र नभएर अन्तर्राष्ट्रियरुपमा पनि चर्को विरोध भएपछि भारतले त्यसलाई हटाएको थियो ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












