प्रधानमन्त्री ओलीलाई गगन थापाले चेतावनीः ‘ओली ज्यू तपाईंलाई यो निकै महँगो पर्नेछ’
काठमाडौं। नेपाली काँग्रेसका नेता गगन थापाले आफ्ना वरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारीप्रति आपत्ति जनाएका छन्। तनहुँको व्यास नगरपालिकाका दुई वडा जोड्ने पुलको उद्घाटनका लागि पुगेका पौडेललाई बुधवार दिउँसो प्रहरीले गिरफ्तार गरेको थियो।
पौडेललाई करिब तीन घण्टा जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो। पुल उद्घाटन गर्ने क्रममा सत्तारुढ नेकपा र काँग्रेस कार्यकर्ताबीच तनाव भएपछि स्थानीय प्रशासनले त्यस क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो। नेपाली काँग्रेसका नेता कार्यकर्ता देखी सामाजिक सञ्जालका कतिपय प्रयोगकर्ताले समेत पौडेलको धरपकडको घटना चर्को आलोचना गरिरहेका छन्।
सोही क्रममा सामाजिक सञ्जालमार्फत नेता थापाले पनि आफ्ना पौडेलको गिरफ्तारी र प्रहरी हस्तक्षेप राजनीतिक प्रतिशोध र शक्ति उन्माद भएको टिप्पणी गरेका हुन्। यस घटनाले सरकारको चरित्र उदांग भएको उनले बताएका छन्। उनले आफ्ना पौडेलको गिरफ्तारी प्रधानमन्त्री केपी शर्मा ओलीका लागि निकै महँगो पर्ने चेतावनी दिए।
सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘नेका वरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारी र प्रहरी हस्तक्षेप स्थानीय प्रशासनको एकल निर्णय र परिस्थितिजन्य प्रतिक्रिया हुनै सक्दैन, होइन। यो नियोजित हो,राजनीतिक प्रतिशोध हो, शक्ति उन्माद हो। यसले यो सरकारको चरित्रलाई उदाङ्गो बनाएको छ। केपी शर्मा ओली ज्यू यो तपाईँका लागि निकै महँगो पर्नेछ।’
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












