नेता नेपाललाई प्रश्नः राजनीति गरेको कार्यकर्ता भर्ती गर्न कि जनसेवा गर्न ?
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको विवाद चरमोत्कर्षमा पुगेको छ ।
प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठले गठबन्धन बनाएका छन् ।
वास्तवममा त्यो गठबन्धन प्रधानमन्त्री ओलीका काम कारबाही र संस्थागत निर्णयका लागि नभएर आफ्ना स्वार्थसिद्ध गर्नका लागि भएका तथ्यहरू खुल्दै जान लागेका छन् । अहिले ओलीसँग दाहालभन्दा बढी उग्र असन्तुष्ट वरिष्ठ नेता नेपाल देखिएका छन् । आफूले भनेका केही काम नगरेकाले नेपाल ओलीसँग रुष्ट देखिएका हुन् ।
नेपालले आफ्ना स्वकीय सचिव यादव शर्मालाई राजदूत, भाई सरोज उपाध्यायलाई इञ्जिनियरिङ परिषद्को रजिष्ट्रार र आफ्नो समूहका स्थायी समिति सदस्य डा. बेदुराम भुसाललाई मन्त्री बनाउन ओलीलाई आग्रह गरेका थिए । ओलीले नेपालको त्यो आग्रहलाई अस्वीकार गरेपछि अहिले खेदो खनेर हटाउन लागेका हुन् । ओली भने सिफारिस गरिएका पात्रहरू उपयुक्त नभएकाले नियुक्त गर्न नसकिने बताएका थिए । स्वकीय सचिव शर्मा पहिला देखिनै विवादास्पद व्यक्ति हुन् ।
उनको आचरण ठिक देखिन्न र निर्वाचनमा पनि पूर्वएमाले हुँदा एमालेका उम्मेदवारलाई मत नहाल्ने व्यक्ति हुन् । सधै नेपालको वरिपरि घुम्ने र चाकडी गर्ने बाहेक उनीसँग कुनै योग्यता देखिन्न । रजिष्ट्रार बनाउन भनेका सहोदर भाइ सरोजसँग पनि जिम्मेवारी अनुरुपको काम गर्न सक्ने ल्याकत नभएको रिपोर्ट आफूले पाएपछि नियुक्त नगरेका हुन् । त्यस्तै राष्ट्रिय सभा सदस्य डा. भुसाल अहिलेसम्म मन्त्री नभएर र कम्युनिष्ट सिद्धान्तमा अडिक नेता हुन् । तर, उनीसँग न कार्यकर्ता छन् र संगठन निर्माण गर्न सक्ने ल्याकतै उनीसँग छ । गृहजिल्ला कपिलवस्तुमा समेत आफ्नो पक्षमा सय जना उतार्न नसक्नेलाई मन्त्री दिन उपयुक्त नहुने प्रधानमन्त्रीको बुझाइ छ ।
आफ्ना यी काम नगरेपछि नेपालले ओलीको साथ चटक्कै छोडेर प्रचण्डतर्फ लहसिएका मात्रै छैनन्, ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाउन ओली विरोधी माहोल पार्टीमा निर्माण गरिरहेका छन् । यस्तो काम गर्दै गर्दा नेपालले २०५१ सालदेखि ओलीले आफूलाई १५ वर्षसम्म तत्कालिन एमालेको महासचिव हुँदा लगाएको गुन भने चटक्कै विर्सेका छन् ।
तत्कालिन एमाले र माओवादी केन्द्र मिलेर २०७५ जेठ तीन गते बनेको नेकपा एक रहला नरहला तत्काल केही भन्न सक्ने अवस्था छैन । तर, मूल्य, मान्यता र आदर्शलाई आत्मसाथ गरेर होइन व्यक्तिगत स्वार्थमा लिप्त भएर बनाइने गठबन्धन आम नागरिक र मुलुकलाई योगदान गर्नतर्फ लाग्छ कि आफ्नो स्वार्थसिद्ध गर्ततर्फ यो प्रश्न टटकारो रुपमा बाहिर आएको छ ।
सम्बन्धित सामाचार यो पनि पढ्नुहोसः-
नेता राधाकृण मौनालीले गरे यस्तो खुलासा-‘अहिलेको लोडसेडिङ्गको प्रमुख पात्र हुन्,माधव नेपाल’
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












