ओलीलाई पार्टी फुटाउन र दुबै जिम्मेवारीमा रजगज गर्न दिइदैन साइजमा ल्याइन्छ
काठमाडाैँ । अनेरास्ववियू नेताहरूको टोलीले बुधबार बेलुकी नेकपा वरिष्ठ नेता झलनाथ खनालसँग पनि उहाँकै निवास डल्लुमा भेट गरेको थियो ।
टोलीले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमसँगझैं पार्टीभित्र देखिएको समस्याको बारेमा जिज्ञाशा राख्दा राजनीतिक घटनाक्रमको संक्षिप्त विवरण प्रस्तुत गर्दै खनालले अहिलेको समस्याको मूल जड नै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली रहेको बताउनुभएको टोलीका एकजना सदस्यले बताए।
‘उहाँलाई पार्टी फुटाउन दिईंदैन र दुबै जिम्मेवारीमा रजगज गर्न नदिएर साइजमा ल्याइन्छ ।’
खनालको भनाई उद्धृत गर्दै ती सदस्यले भने ‘उहाँमा जुन दम्भ,घमण्ड र अहंकार छ त्यसले न कम्युनिष्ट पार्टी बन्छ न समाजवादको आन्दोलन नै अघि बढ्छ ।’ खनालले थप्नुभयो ‘उहाँले गुटका र आसेपासेहरूलाई परिचालन गर्दै हामी (पार्टीका शीर्ष नेताहरू) लाई आमाचकारी गाली गर्नेहरूलाई राजनीतिक नियुक्ति दिएर,सारा गरेर पार्टीलाई ध्वस्त मात्र बनाउने प्रयास गर्नुभएको छैन बाँकी अरु सबैलाई बदनाम गराउनुभएको छ ।’
समस्या समाधानको लागि आफूहरू जिम्मेवार ढंगले अघि बढेको बताउँदै खनालले भन्नुभएको थियो, ‘उहाँलाई पार्टी फुटाउन दिईंदैन र दुबै जिम्मेवारीमा रजगज गर्न नदिएर साइजमा ल्याइन्छ ।’ उहाँले प्रधानमन्त्री तथा पार्टी अध्यक्षले ‘टोटल स्टेप डाउन’ नगरेसम्म अहिलेको संघर्ष अघि बढिरहने उल्लेख गर्दै सचिवालयको पछिल्लो बैठकमा उहाँको प्रस्तुति निकृष्ट खालको रहेको बताउनुभएको थियो । खनालको भनाई थियो ‘गैरराजनीतिक ढंगले नै प्रस्तुत हुनुभयो । उहाँको जिम्मेवारी र महत्वपूर्ण पदको ओज,गरिमा र नैतिकता नै देखिएन ।’
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












