समझदारीबिना प्रधानमन्त्री ओली सचिवालय बैठकमा नजाने
काठमाडाैँ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालको प्रस्ताव फिर्ता नभएसम्म बैठक अघि नबढ्ने अडान कायमै राखेका छन्।
दुई अध्यक्षबीच कुनै सहमति नभएकाले शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित हुने सम्भावना रहेको प्रधानमन्त्रीनिकट स्रोतले बतायो।
‘भित्र कुनै खालको सहमति भएजस्तो लाग्दैन। त्यसैले, प्रधानमन्त्री ओली आजको बैठकमा जाने संकेत पाइएको छैन।
समझदारीबिना भएको बैठकमा जानु भनेको विभाजनको प्रक्रियामा भाग लिनु हो,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो, ‘सिंगो आन्दोलनको भविष्यमा जिम्मेवार हुने व्यक्ति बैठकका लागि बैठकमा भाग लिन मिल्दैन। बैठक सकारात्मक निकासका लागि बस्ने हो। एउटा समूहको उद्देश्य पूरा गर्नका लागि बैठक बस्न सक्दैन।’
प्रधानमन्त्री अनुपस्थित भएपछि थप निर्णय गरेर जान दाहाललाई अफ्ठ्यारो पर्ने भएकाले बैठक नबस्ने प्रधानमन्त्री पक्षधरको विश्वास छ।
दाहालले दर्ता गरेको प्रस्तावमा लगाएका आरोपहरू कायम राखेर कोही पनि जिम्मेवारीमा रहन नमिल्ने भएकाले तत्काल बैठक बस्न नसक्ने प्रधानमन्त्री निकट एक स्थायी कमिटी सदस्यले बताए।
‘प्रचण्डको आरोप कि प्रमाणित हुनुपर्यो अथवा फिर्ता हुनुपर्छ। त्यस्तो हुन नसके अर्को विकल्प कमिटीले खारेज गर्ने भन्ने हो,’ ती स्थायी कमिटी सदस्यले भने, ‘आजको बैठकमा कुनै निष्कर्ष निकालेर जाने सम्भावना कम देखिन्छ। त्यसैले, भोलिका लागि तय भएको स्थायी कमिटी बैठक पनि सर्न सक्छ।’
प्रधानमन्त्रीको अहिलेको बटमलाइन भनेको भदौ २६ गतेको स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयन गरौं भन्ने रहेको प्रधानमन्त्रीनिकट अर्का नेताले बताए।
‘के कारणले भदौ २६ बाट पछि हट्नुपर्यो भनेर मूल्यांकन गर्न प्रधानमन्त्री तयार हुनुहुन्छ। अहिले दुई अध्यक्षका आ-आफ्नो पोजिसन छन्। त्यसैले, समझदारी जुट्न सकेको छैन,’ ती नेताले भने, ‘प्रचण्डको प्रस्ताव भने पनि त्यो आरोप पत्र हो। त्यसमा कुनै यात्रा तय छैन। आफू कहाँ पुग्ने भन्ने स्पष्ट हुनपर्यो नि।’
स्रोतका अनुसार दुई अध्यक्षका बीचमा सचिवालय बैठकअघि कुनै पनि तहको छलफल हुने समेत सम्भवाना छैन।
प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधरले भने आज १ बजे तय भएको सचिवालय बैठक बस्ने र भोलिको स्थायी कमिटी बैठक समेत गर्ने तयारी गरेको छ। प्रधानमन्त्री नआए पनि बैठक नरोकिने प्रचण्ड-नेपाल पक्षका एक नेताले बताए।
‘प्रधानमन्त्रीलाई हामीले धेरै पटक समय दिइसकेका छौं। त्यसैले, अब समय दिन सकिन्न। उहाँलाई प्रतिवेदन पेश गर्न पनि १० दिनको समय दिएको हो। प्रतिवेदन छलफलका लागि फेरि तीन दिनको समय दिइएको छ,’ ती नेताले भने, ‘अब सधै प्रधानमन्त्रीलाई कुरेर पार्टीलाई बन्धन बनाउन सकिँदैन। बैठक अघि बढ्छ।’
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












