नेकपा स्थायी कमिटी बैठक: ओली-प्रचण्ड एक अर्का विरुद्ध यस्तो रणनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्दै छ।
शनिवारको सचिवालय बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अनिच्छाका बावजुत स्थायी कमिटी बैठकमा पार्टीको संकट समाधानका लागि छलफल गर्ने निर्णय गरेको थियो।
आज बस्न लागेको स्थायी कमिटी बैठकअघि ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड-बरिष्ठ नेता माधव नेपाल समूह एक अर्का विरुद्धको रणनीति बनाउनमा जुटेका छन्। सचिवालयकै बैठकमा ओलीले नेताहरुलाई बैठकको औचित्य नभएको र पार्टी कमिटीमा हुने बहुमत अल्पमत प्रक्रियालाई आफूले नस्वीकार्ने बताइसकेका छन्।
बैठक टार्ने दाउमा ओली, जसरी पनि राख्ने प्रचण्ड समूहको दाबी
दुई अध्यक्षबीच सहमति नभएको, प्रचण्डले प्रस्ताव फिर्ता नलिएको तथा बैठकका एजेण्डा तय नभएको भन्दै ओली बैठकमा नजाने अडानमा छन्। तर उनीनिकट एक नेताका अनुसार उनलाई हाल आफ्नै गुटका नेताहरुले समेत बैठक बहिस्कार गर्दा गलत सन्देश जाने भन्दै फेस गर्न सुझाइरहेका छन्। ‘बैठकमा त जानुपर्छ भन्ने हो हाम्रो सुझाव। तर उहाँ जानुहुन्छ कि हुन्न भन्ने कुरा उहाँमा निर्भर छ,’ ती नेता भन्छन्।
ओलीले बैठक टार्न खोजिरहँदा उनीबिरुद्ध उत्रिएका प्रचण्ड-नेपाल समूहका नेताहरुको तयारी भने ओली अनुपस्थित भए पनि बैठक राख्नुपर्ने अडानमा छन्। यसअघि ओली अनुपस्थित हुँदा पनि बैठक चलेको र निर्णय भएको घटना थुप्रै भएकोले आजको बैठक बस्ने उनीहरुको दाबी छ। स्थायी कमिटी सदस्य बेदुराम भुसालले आज जसरी पनि बैठक बस्ने बताए। ‘बैठक बस्न त के भयो र बैठक त बस्छ। प्रधानमन्त्री आए पनि नआए पनि,’ उनले भने।
ओली प्रचण्डबीच सहमतिको प्रयास असफल
२६ दिनसम्म बोलचाल समेत नगरेका ओली प्रचण्डले शनिवार बालुवाटारमा ‘वान टु वान’ वार्ता गरेका थिए। तर ओली पक्षका नेताहरुले आशा गरेअनुसार प्रचण्ड ओलीको प्रस्तावमा सहमत भएनन्। ओली पक्षका दोस्रो तहका नेताहरुको लगातारको अनुरोध पछि प्रचण्ड वार्तामा बस्न तयार भएका थिए। तर हिजोको वार्ता पूर्वनिर्धारित नभएको र त्यस्तो प्रस्ताव पनि ओलीले नगरेको प्रचण्ड निकट स्रोतको दाबी छ। ‘एका एक भएको हो। त्यस्तो पूर्व निर्धारित थिएन। कुराकानी अब पार्टी कमिटीका बैठक बाहिर गर्न ठिक हुँदैन भन्ने प्रचण्डको अडान छ,’ स्रोतले भन्यो।
शनिवार सम्पन्न सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले शनिवारको छलफलले समस्या समाधान नभएको र फेरि पनि दुई अध्यक्षबीच छलफल गर्न सकिने बताएका थिए। तर हालसम्म ओली प्रचण्डबीच संवाद हुन सकेको छैन। कुराकानीका लागि ओली समूहका नेताहरुले हिजोदेखि नै पहल गरे पनि संवाद हुन नसकेको प्रचण्ड निकट स्रोतले जानकारी दिएको छ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












