सर्वदलीय बैठकः प्रधानमन्त्रीलाई विपक्षी नेताको सुझाव ‘पहिला तपाईं सच्चिनोस्’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आयोजनामा बालुवाटारमा भएको सर्वदलीय बैठक तीन घण्टा बसेर सकिएको छ।
प्रधानमन्त्री केपी ओलीको आह्वानमा मंगलबार बालुवाटारमा बसेको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी कांग्रेससहितका दलले अहिलेको व्यवस्थालाई थप बलियो र सुदृढ बनाउँदै लैजान सरकारको विशेष भूमिका हुने भन्दै सोहीअनुसार काम गर्न सुझाव दिएका हुन् ।
संविधान कार्यान्वयनलाई सबल बनाएर अघि बढ्न सरकारलाई विपक्षी दलहरूले सुझाव दिएका छन् । प्रधानमन्त्री केपी ओलीको आह्वानमा मंगलबार बालुवाटारमा बसेको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी कांग्रेससहितका दलले अहिलेको व्यवस्थालाई थप बलियो र सुदृढ बनाउँदै लैजान सरकारको विशेष भूमिका हुने भन्दै सोहीअनुसार काम गर्न सुझाव दिएका हुन् ।
बैठकमा प्रधानमन्त्री ओलीले राजनीतिक दलहरू आन्तरिक विवादमा जेलिएको मौका छोपी दक्षिणपन्थी सलबलाहट बढेको भन्दै संविधान रक्षाका लागि एक जुट हुन आह्वान गरेका थिए ।
बैठकपछि कांग्रेस नेता रामशरण महतले भने, ‘सरकारकै कमजोरीका कारण गणतन्त्रविरोधीहरूले सलबलाउने मौका पाएको कुरा हामीले स्पष्ट राख्यौँ । प्रधानमन्त्रीजीले कांग्रेसको आन्दोलन रोक्न आग्रह गर्नुभयो । तर, हामीले तत्काल यो आन्दोलन रोक्न अस्वीकार गरेका छौँ ।’
बैठकमा राप्रपाले राजसंस्थाको पक्षमा भइरहेको सडक आन्दोलनमा आफ्नो नैतिक समर्थन रहेको स्पष्ट पारेको थियो । राप्रपाका तर्फबाट नेता दीपक बोहोराले आफूहरू संविधानविरोधी नभएकाले राजसंस्थालगायतका राप्रपाका केही एजेण्डामै केन्द्रित भई छलफल हुने गरी अर्को सर्वदलीय बैठक बोलाउन प्रस्ताव गरेको बताए ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












