नेकपा विवाद : ओली–प्रचण्ड मिलनबिन्दु खोजी गर्दै
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद चर्किएको बेला अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बुधबार महत्वपूर्ण भेटघाट र छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच भएको छलफलमा ठोस सहमति नभए पनि दुवै अध्यक्ष विवाद समाधानको मिलनबिन्दु खोज्नुपर्नेमा सहमत भएको बताइएको छ ।
प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष ओली अर्का अध्यक्ष दाहालले पेस गरेको राजनीतिक प्रस्ताव खारेज हुनुपर्ने अडानमा छन् । तर दाहालले सो प्रस्ताव सचिवालय हुँदै स्थायी कमिटीमा समेत पेस गरेपछि पार्टीभित्रको विवाद झन् चर्किएको हो ।
दुई अध्यक्षबीच लामो समयदेखि छलफल नहुँदा कतिपय विषयमा मनमुटाव भए पनि उहाँहरूबीच सुरु भएको छलफलले विवाद समाधानको सूत्र खोज्ने विश्वास पलाएको छ। पार्टीभित्रको विवाद चर्किएको बेला दुई अध्यक्षबीच छलफल हुनु आफैंमा सकारात्मक विषय रहेको नेकपा स्थायी कमिटीका सदस्य देवेन्द्र पौडेलले बताए । दुई अध्यक्षबीच लामो समयदेखि छलफल नहुँदा कतिपय विषयमा मनमुटाव भए पनि उहाहरूबीच सुरु भएको छलफलले विवाद समाधानको सूत्र खोज्ने विश्वास पलाएको पौडेलले बताए ।
गत शनिबार स्थायी कमिटी बैठक बसे पनि प्रधानमन्त्री ओली सहभागी भएका थिएनन् । दाहालले पेस गरेको प्रस्तावलाई आरोपपत्रको संज्ञा दिँदै ओलीले त्यसमा छलफल गर्नै नसकिने अडान लिँदै आएका छन् । स्थायी कमिटीको बैठक २८ मंसिरका लागि तोकिएको छ । त्यसअघि नै दुई अध्यक्षका बीचमा छलफल गरेर विवाद समाधान गर्दै साझा मिलनबिन्दुको खोजी सुरु भएको हो ।
नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्रको संकट समाधानका लागि आन्तरिक र अनौपचारिक छलफल तथा गृहकार्य जारी नै रहने स्थायी कमिटीको निर्णयअनुसार शीर्ष नेताहरू अगाडि बढिरहेको बताए ।
प्रधानमन्त्री ओलीले अध्यक्ष दाहालले पेस गरेको प्रस्ताव फिर्ता नभएसम्म बैठकमा नआउने अडान आफ्नो लिखित पत्रमार्फत स्थायी कमिटीलाई जानकारी गराइसकेका छन् । दुवै अध्यक्षले एकले अर्कालाई गम्भीर आरोप लगाउँदै प्रस्ताव पेस गरेपछि दुवैलाई खारेज वा स्थगित गरी साझा प्रस्ताव तयार गर्नुपर्ने अडान ओलीको छ ।
स्थायी कमिटीको बैठक २८ मंसिरका लागि तोकिएको छ । त्यसअघि नै दुई अध्यक्षबीच छलफल भई विवाद समाधान गर्दै साझा मिलनबिन्दुको खोजी सुरु भएको हो ।
तर अध्यक्ष दाहालसहित वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताले दुवै प्रस्तावमा छलफल हुने र पार्टी बैठकले गर्ने निर्णय कार्यान्वयन गर्नुपर्ने अडानमा छन् । पार्टीका शीर्ष नेता नै आआफ्नो अडानमा अडिग भएपछि विवाद बढ्दै गइरहेको छ ।
महाधिवेशनभन्दा बाहिरबाट नेतृत्व परिवर्तन गर्न खोज्ने र निर्वाचन बाहिरबाट सरकार बदल्न खोज्ने केही नेताहरूको व्यग्र नेतृत्वमोह र सत्तामोहका कारण पार्टीमा संकट निम्तिएको आरोप ओलीले आफ्नो पत्रमार्फत यसअघि नै लगाएका छन् ।
तर, दाहाल–नेपाल समूहले ओली पार्टी र सरकार सञ्चालनमा असफल रहेको भन्दै नेतृत्व परिवर्तन हुनुपर्ने आन्तरिक तयारीमा रहेका छन् । पार्टीभित्र सुरु भएको यस्तो बहसले पार्टी नै विभाजन हुने चिन्ता आम नेता कार्यकर्तामा रहेको छ ।
यसैबीच नेकपाभित्र विवाद चर्किंदै गएपछि चीनको सक्रियता बढेको छ । नेपालका लागि चीनका राजदुत होउ यान्छी गोप्य भेटघाटमा सक्रिय भएकी छन् । पार्टीभित्रको विवाद समाधान गरी सहमतिमै अगाडि बढ्नुपर्ने सुझाव दिँदै राजदूत यान्छीले पार्टी एकता कायम राख्न दबाब दिँदै आएकी छन् ।
यसअघि प्रधानमन्त्री ओली, अध्यक्ष दाहाल, वरिष्ठ नेता नेपालसहितका शीर्ष नेतालाई निवासमै पुगेर भेटेकी राजदूत यान्छीले पछिल्लो समय गोप्य रूपमा भेटघाट गरिरहेको स्रोतको दाबी छ । शीर्ष नेतालाई भेटेर उनले पार्टी एकता जोगाउन तथा सहमतिमै अगाडि बढ्न सुझाव दिएको स्रोतको दाबी छ ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












