नेम्वाङले प्रचण्डलाई भने:विपक्षीले पनि नेकपाको एकता चाहेका छन्, दुई अध्यक्ष मिल्नुस्
काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पार्टी संसदीय दलका उपनेता सुवास नेम्वाङबीच खुमलटारमा भेटवार्ता भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष प्रचण्ड मिलाउन दौडधुप गरिरहेका नेम्वाङले आइतबार पनि एकताका लागि दुई अध्यक्ष मिल्नुको विकल्प नरहेकोमा जोड दिएको बाह्रखरीलाई बताए ।
“अध्यक्ष प्रचण्डकै बोलावटमा म बिहान साढे आठबजेतिर खुमलटार पुगेको थिएँ । मैले दुई अध्यक्ष मिल्नकै लागि जोड दिएँ,” नेम्वाङले भने, “तपाईंहरूले नै पार्टी एकता गर्नुभएको हो । जोगाउने दायित्व पनि तपाईंहरूकै हो भनेर भन ।” अहिलेको सन्दर्भमा पार्टीका तलदेखि माथिसम्मका नेता–कार्यकर्ताले एकता चाहेको र प्रमुख प्रतिपक्षीलगायत विपक्षीले पनि नेकपा एकताबद्ध नै रहोस् भन्ने चाहेकाले दुई अध्यक्षले त्यो भावना बुझ्नुपर्ने नेम्वाङको जोड थियो ।
“नेकपाभित्र विवाद देखापर्दा प्रणालीमाथि नै प्रश्न उठाउने प्रयास भइरहेको छ । यस्तो अवस्थामा मिल्नुपर्दैन भनेर प्रश्न गरेँ,” नेम्वाङ भन्छन् । कुराकानीका क्रममा प्रचण्ड सकारात्मक रहेको पाएको उनको भनाइ थियो । पार्टी मिल्नु, मिलाउनुपर्छ भन्नेमा आफू प्रस्ट सकारात्मक रहेको जवाफ दिएको नेम्वाङ बताउँछन् ।
प्रधानमन्त्री ओली पनि एकता बचाउन सकारात्मक रहेकाले आफू आशावादी रहेको उनको भनाइ थियो । आजको बैठकचाहिँ कमानसिंह लामाको निधनप्रति शोक प्रस्ताव पारित गर्दै टुङ्ग्याउने तयारी रहेको उनले सुनाए । लामाको गत मङ्सिर २४ गते निधन भएको थियो ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












