अध्यक्ष प्रचण्ड पार्टी एकताको पक्षमा गम्भीर हुनुहुन्छः नेम्वाङ
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी एकताको पक्षमा गम्भीर भएको बताएका छन्।
संसदीय दलका उपनेता समेत रहेका नेम्वाङ आइतबार बिहान प्रचण्ड निवास खुमलटार पुगेका थिए।
स्थायी कमिटी बैठक अघि प्रचण्डसँग आधा घण्टा छलफल गरेका नेम्वाङले पार्टीको विवादबारे अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको धारणा पनि बताएका थिए। उनले पार्टीमा उत्पन्न विवादलाई लिएर ओली पनि चिन्तित रहेको सन्देश दिएका थिए।
भेटपछि नेम्वाङले अध्यक्ष प्रचण्ड पार्टी एकताको पक्षमा गम्भीर रहेको पाएको प्रतिक्रिया दिएका छन्।
‘उहाँले पार्टी एकताका पक्षमा आफ्नो तर्फबाट जे-जति पहल गर्नुपर्ने हो त्यसमा सकारात्मक छु। तपाईँले पनि आफ्नोतर्फबाट भूमिका खेल्नु पर्यो भन्नुभयो,’ नेम्वाङले भने, ‘पार्टी एकताको पक्षमा जहिल्यै उभिँदै आएको छु, अब पनि त्यसमा आफ्नोतर्फबाट भूमिका खेल्न तयार छु भन्नुभयो।’
ओली निकट नेताहरूले नयाँ समझदारी गर्न प्रचण्डलाई फकाई रहेका छन्। शनिवार दिउँसो स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले प्रचण्डलाई भेटेका थिए।
Comments
अरु समाचार
-
खाँदबारी–किमाथाङ्का सडक चाँडो सञ्चालनमा ल्याउन ऊर्जामन्त्री खड्काको आग्रह
काठमाडौं । प्रतिनिधिसभा सदस्य एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्खुवासभाको सदरमुकाम खाँदबारीदेखि उत्तरी चीनतर्फको सीमानाका किमाथाङ्का जोड्ने सडक...
-
औद्योगिक सुरक्षाका लागि सरकार गम्भीर छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले औद्योगिक क्षेत्रले भोग्नु परेको समस्या र औद्योगिक सुरक्षाका विषयमा सरकार गम्भीर रहेको बताएका...
-
पूर्वराष्ट्रपति भण्डारीद्वारा शोक व्यक्त
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएकामा गहिरो शोक व्यक्त गर्नुभएको छ । “मित्रराष्ट्र भारतका...
-
काम गर्ने इच्छा भए देशमा प्रशस्त सम्भावना छ : उपप्रधानमन्त्री सिंह
काठमाडौं । उपप्रधान एवम सहरी विकास मन्त्री प्रकाशमान सिंहले सम्पदाहरूको बजारीकरण गर्न सके देशमै नयाँ रोजगारीको अवसर सिर्जना गर्न सकिने...
-
प्रधानमन्त्रीसमक्ष तीन विश्वविद्यालयका उपकुलपतिको शपथ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विभिन्न तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरुले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री...
-
सांसदको भूमिका दल सापेक्ष नै हुन्छ : नेता भट्टराई
काठमाडौं, संसदमा विचाराधीन विधेयकमा सहमति खोज्ने भन्दै सत्तारूढ दलको संयन्त्रले राजनैतिक संशय पैदा गरेको छ। संघीय संसदका सदस्यहरूले विधेयकहरूमा खुला...
-
जनताका आकाङ्क्षा पूरा गर्न सबै मिलेर अगाडि बढ्नुपर्छ: महासचिव पोखरेल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले जनआकाङ्क्षा पूरा गर्न सबै दल मिलेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ...
-
सहकारी ठगी प्रकरणमा रवि लामिछानेसँग दोस्रो दिन बयान सुरु
काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको जिल्ला अदालत...
-
प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहको निधन भएकामा गहिरो शोक व्यक्त गरेका छन् । नेपाल...