सभामुखको पदमा बसेर संविधानको खिल्ली उडाँउदै
प्रतिनिधिसभा सभामुख की गुटको आदेशपालक
काठमाडाैँ । सभामुख अग्निप्रसाद सापकोटाले संसदीय इतिहासमै कालो धब्बा पोत्नुभएको छ ।
संबिधानअनुसार चल्नुको साटो आफ्ना युद्ध कमाण्डर पुष्पकमल दाहाल, प्रचण्डको आदेश नै संबिधान भन्ने निर्णयका साथ सभामुख सापकोटा संबैधानिक परिषदको बैठक बहिष्कार गरी लोकतन्त्र र संसदीय इतिहासमै कालो धब्बा बन्नु भएको हो ।
संबैधानिक परिषदका अध्यक्षका हैसियतमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज बोलाउनु भएको संबैधानिक परिषदको बैठक सभामुख सापकोटाले प्रचण्डको आदेशमा बहिष्कार गर्नुभएको छ । सभामुख कुनै दलको सदस्य हुन नहुने संबैधानिक प्रावधानअनुसार निर्वाचित भएलगत्तै सापकोटाले नेकपाको स्थायी कमिटी सदस्इबाट राजीनामा दिनुभएको थियो । सभामुख दलको सदस्य हुन नमिल्ने, स्वतन्त्र हुनुपर्ने भएकै कारण पार्टी जिम्मेवारीबाट मुक्त हुनुभएका सभामुख सापकोटा आजबाट नेकपाको प्रचण्ड–माधव नेपाल समुहको सदस्यका रुपमा आफूलाई परिचित गराउनु भएको छ ।
संबैधानिक परिषदको बैठकमा उहाँले गुटले नजा भनेपछि कसरी सहभागी हुने भन्दै बहिष्कार गर्नुभएको छ । उहाँलाई नेकपा अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधव नेपालले संबैधानिक परिषदको बैठकमा नजान आदेश दिनुभएको थियो । सोही आदेशअनुसार सभामुख सापकोटाले आजको बैठक बहिष्कार गर्नुभएको हो । बिपक्षी दलका नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवा बैठकमा सहभागी हुँदा नेकपाबाटै उम्मेद्वार बनेर सभामुख निर्वाचित सापकोटा भने आफ्नो गुटको कारण बहिष्कारको निर्णयमा पुग्नुभएको हो । संसदीय इतिहासमा आफ्नै दलका अध्यक्ष प्रधानमन्त्री हुँदा सभामुखले संबैधानिक परिषदको बैठक बहिष्कार गरेको संभवत यो नै पहिलो पटक हो ।
बैठक बहिष्कार गरेको बिषयमा केही सांसदहरुले सभामुख सापकोटासँग जिज्ञासा गर्दा ‘प्रचण्डको आदेशबिना केही काम नगर्ने’ निर्णय सुनाउनु भएको छ । ‘सिएम (प्रचण्ड) को आदेशबिना मबाट केही हुन्छ र ? यो सभामुख पद त उहाँले दिलाएको हो, संबिधानले होइन, त्यसैले नजानु भन्ने आदेश आयो, गईंन,’ सभामुखसँग जानकारी माग्दा पाएको जवाफ उधृत गर्दै एक सांसदले भने । ती सांस्दका अनुसार संबिधानले जेसुकै भनेपनि सभामुखको हैसियतमा रहँदा आफूले संसदमा प्रचण्डको आदेशबाहेक केही नमान्ने निर्णयसमेत सनाउनु भएको छ ।
सभामुख सापकोटा गुटको आदेश पालक बनेर बैठक बहिष्कार गरेपछि संबैधानिक निकायमा रिक्त पदमा नियुत्तिःका लागि दोस्रो पटक आज बोलाइएको बैठक पनि बिनानिर्णय टुंगिएको छ । यसअघि आइतवार बोलाइएको बैठक बिपक्षी दलका नेता नआएको कारण स्थगित गरी आज बोलाइएको थियो । आजको बैठक बसे पनि सभामुख सापकोटाले बहिष्कार गरेको कारण बिना निर्णय टुंगिएको छ ।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












