ओलीले देव गुरुङलाई भने – ‘प्रमुख सचेतकबाट राजीनामा दिनुस्’
काठमाडाैँ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र आन्तरिक संकट चुलिएको बेला प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतकको पदबाट देव गुरुङको राजीनामा मागेका छन् ।
मङ्सिर २८ गते ओलीले गुरुङलाई बालुवाटार बोलाएर राजीनामा मागेको स्रोतले दाबी गर्यो ।
‘तपाईको भूमिका र नियत मलाई सहयोग गर्ने जस्तो देखिएन, त्यसैले प्रमुख सचेतकबाट राजीनामा दिनुस्,’ ओलीको भनाइ उदृत गर्दै स्रोतले भन्यो ।
स्थायी कमिटी बैठक सकेलगत्तै गुरुङलाई ओलीले बालुवाटार बोलाएका थिए ।
ओलीले राजीनामा मागेपछि गुरुङले पार्टीको निर्णयअनुसार नै आफू प्रमुख सचेतक भएकाले यत्तिकै राजीनामा नदिने बताए अडान लिएका थिए ।
गुरुङले विचार र सिद्धान्तका हिसाबले आफूले पक्षधरता लिएको भएपनि प्रमुख सचेतकका हिसाबले निभाउनुपर्ने कानूनी र संवैधानिक भूमिका आफूले निभाएको भन्दै आफ्नो बचाउ गरेका थिए ।
ओलीले राजीनामा मागेपछि गुरुङले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेताहरूलाई यसबारे जानकारी गराइसकेका छन् ।
अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा लागेर आफूलाई असहयोग गर्दै आएको आरोप ओलीले गुरुङमाथि लगाउँदै आएका छन् ।
यसअघि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संसदीय दलका मुख्य सचेतक गुलाबजंग शाहलाई पदमुक्त गरेको बेला पनि देव गुरुङलाई संसदीय दलको प्रमुख सचेतकबाट हटाउने चर्चा चलेको थियो ।
एमालेसँग पार्टी एकता हुनुअघि गुरुङ तत्कालीन माओवादी संसदीय दलको प्रमुख सचेतक थिए । पार्टी एकीकरणपछि तत्कालीन एमालेले संसदीय दलको नेता र तत्कालीन माओवादीले प्रमुख सचेतक लिएका थिए ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












