उखु किसानको आन्दोलनमा कांग्रेसको ऐक्यवद्धता
काठमाडाैँ । राजधानीमा आन्दोलन गरिरहेका उखु किसानलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समर्थन जनाएको छ ।
गत आइतबारदेखि काठमाडौंको माइतीघरमा भइरहेको किसानहरुको आन्दोलनमा मंगलबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा पुगेका छन्। उनले किसानसँगै धर्नामा बसेर आन्दोलनमा ऐक्यवद्धता जनाएका हुन्।
चिनी मिलले आफूहरुसँग किनेको उखुको मूल्य वर्षौंदेखि नपाएको भन्दै किसानहरु भुक्तानी पाउनुपर्ने माग राखेर आन्दोलनमा उत्रिएका हुन् । चिनी मिलबाट किसानहरुले करिब ८० करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ ।
सरकारसँग भएको सम्झौता एक वर्षसम्म पनि कार्यान्वयन नभएपछि उनीहरु अन्तिम लडाइँ भन्दै काठमाडौंमा आएर आन्दोलन चर्काइरहेका छन् । सरकार र उद्योगीबाट पटकपटक धोका पाइसकेकाले यसपटक भने वक्यौता रकम चुक्ता नभएसम्म आन्दोलन नरोक्ने किसानहरुको चेतावनी रहेको छ ।
यसअघि पनि उखुको वक्यौता रकम भुक्तानीको माग गर्दै किसानहरुले काठमाडौं आएर आन्दोलन गरेका थिए । त्यसपछि उद्योग मन्त्रालयले गत वर्ष पुस १८ गते ५ बुँदे सम्झौता गरेको थियो ।
तर त्यो सम्झौताले किसानलाई छोएन । सम्झौता पत्रमा तत्काल भुक्तानीको वातावरण बनाउने, मिल मालिकको सम्पति बिक्री गरेर भएपनि सम्पूर्ण बक्यौता एक महिनाभित्र चुक्ता गर्ने आश्वासन दिइएको थियो ।
एक वर्षसम्म पनि करिब ९० करोड रुपैयाँ बक्यौता नदिइएपछि उनीहरु यसपालि कुनै पनि सहमति गर्ने मुडमा छैनन् ।
उनीहरुले उद्योग मन्त्रालयले वार्ताका लागि गरेको वाह्वान पनि लत्याएका छन् । उनीहरुले वार्ताा गर्न मन्त्रालय नआउने भन्दै बक्यौती लिएर प्रदर्शनस्थल माइतीघर मण्डलामा आउन सरकारलाई आग्रह गरेका छन् ।
किसानले उधारोमा वार्ता नगर्ने जवाफ दिँदै बक्यौता बोकेर मन्त्री नै माइतीघर मण्डल आउनुपर्ने बताएका हुन् ।
उनीहरु ‘सानो छ खेत सानो छ बारी सानै छ जहान, सानो छ देश,ठूलो छ सरकार अटेन किसान, किसान मार्न पाइदैन, श्रम र पसिनाको मुल्य पाउँ, सरकार किसानलाई बाँच्न देउ, माफियाको गुलियोमा सरकार भुलियो लगायतका मार्मिक नारा लेखेका पम्प्लेटसहित प्रर्दशनमा उत्रिएका छन् ।
उद्योग राज्यमन्त्री मोतीलाल दुगडले उखु किसानका समस्या समस्या समाधान गर्न छलफल जारी रहेको भन्दै एक हप्ताभित्र समस्या समाधान हुने दावी गर्छन् ।
किसानहरु अहिले पनि आफूलाई फकाउने काम नहोस् भन्दै बक्यौती लिएर जानुको विकल्प नभएको बताउँछन् ।
`उखु किसान नै होइनन् यिनिहरु´ जिम्मेवार मन्त्रीको यो बोली के सरकारकै धारणा हो सम्माननिय @Pm_Nepal ?
हिजो यिनको भोट चिन्ने आज यिनको अनुहार नचिन्ने ? उधोगिले मुल्य तिर्न ढिलाइ गर्दा दबाब दिनुपर्ने सरकारको बोली लर्बरिने ? किसान चिन,स्वर सुन,मुल्य तिराउ l हाम्रो एक्यवद्धता छ l
— Bishwa Prakash शर्मा (@bishwaprakash77) December 15, 2020
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












