स्थायी कमिटीमा ओलीको प्रस्ताव : अबको प्रधानमन्त्री वामदेव गौतम
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरेका छन्। बुधबार अपरान्ह बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकलाई सम्बोधन गर्दै नेकपा अध्यक्षसमेत रहेका ओलीले भावी प्रधानमन्त्रीका रुपमा उपाध्यक्ष गौतमलाई प्रस्ताव गरेका हुन्।
पार्टी सचिवालय गौतमले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई साथ दिएको अवस्थामा ओलीले आजको स्थायी कमिटीमा यस्तो प्रस्ताव गरेका एकजना स्थायी कमिटी सदस्यले जानकारी दिएका छन्।
‘स्थायी कमिटी बैठकको यो अघिल्लो लहरका पाँचजना छौं। हामीमध्ये चारजना प्रधानमन्त्री भइसकेका छौं। अब प्रधानमन्त्री हुन बाँकी वामदेवजी मात्रै हो’, ओलीको भनाइ उद्धृत गर्दै ती स्थायी कमिटी सदस्यले भने, ‘अब उहाँलाई प्रधानमन्त्री बनाऊँ, निर्वाचन ल्याउने कि अघि नै अन्तबाट ल्याउने छलफल गरौं।’
उपाध्यक्ष गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीका अनुसार ओलीले आफ्नो सम्बोधनलाई बिट मार्ने क्रममा उक्त प्रस्ताव गरेका हुन्। ‘अबको प्रधानमन्त्री कमरेड वामदेव हुन्। त्यसका लागि के के कानुनी व्यवस्था गर्नुपर्छ तयार रहनुहोला’, ओलीको भनाइ उद्धृत गर्दै सुवेदीले भने, ‘यसबारेमा आगामी बैठकमा छलफल गरेर निर्णयमा पुग्नुपर्छ। वामदेवजीलाई प्रधानमन्त्री बनाउन आवश्यक कानुनी तथा संवैधानिक व्यवस्थाबारे आगामी बैठकबाट टुङ्ग्याउने गरी अघि बढौँला।’
अघिल्लो आमनिर्वाचनमा गौतम बर्दियामा पराजित भएका थिए। पार्टीमा अल्पमतमा रहेको अवस्थामा ओलीले गौतमलाई फेरि प्रधानमन्त्री बनाउने राजनीतिक कार्ड फ्याँकेका हुन्।
यसअघिको संकटमा गौतमले ६ बुँदे वक्तव्य निकाल्दै आफूलाई ओलीको पक्षमा उभ्याएका थिए। तर पछिल्लो समय उनी ओली विरोधी कित्तामा उभिएका छन्। यस्तो अवस्थामा ओलीले आफ्नो पक्षमा बहुमत पार्ने रणनीति अनुसार यो कार्ड फ्याँकेको हुन सक्ने निचोड दाहाल-नेपाल समूहले निकालेका छन्।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












