स्थायी कमिटीमा ओलीको प्रस्ताव : अबको प्रधानमन्त्री वामदेव गौतम
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरेका छन्। बुधबार अपरान्ह बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकलाई सम्बोधन गर्दै नेकपा अध्यक्षसमेत रहेका ओलीले भावी प्रधानमन्त्रीका रुपमा उपाध्यक्ष गौतमलाई प्रस्ताव गरेका हुन्।
पार्टी सचिवालय गौतमले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई साथ दिएको अवस्थामा ओलीले आजको स्थायी कमिटीमा यस्तो प्रस्ताव गरेका एकजना स्थायी कमिटी सदस्यले जानकारी दिएका छन्।
‘स्थायी कमिटी बैठकको यो अघिल्लो लहरका पाँचजना छौं। हामीमध्ये चारजना प्रधानमन्त्री भइसकेका छौं। अब प्रधानमन्त्री हुन बाँकी वामदेवजी मात्रै हो’, ओलीको भनाइ उद्धृत गर्दै ती स्थायी कमिटी सदस्यले भने, ‘अब उहाँलाई प्रधानमन्त्री बनाऊँ, निर्वाचन ल्याउने कि अघि नै अन्तबाट ल्याउने छलफल गरौं।’
उपाध्यक्ष गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीका अनुसार ओलीले आफ्नो सम्बोधनलाई बिट मार्ने क्रममा उक्त प्रस्ताव गरेका हुन्। ‘अबको प्रधानमन्त्री कमरेड वामदेव हुन्। त्यसका लागि के के कानुनी व्यवस्था गर्नुपर्छ तयार रहनुहोला’, ओलीको भनाइ उद्धृत गर्दै सुवेदीले भने, ‘यसबारेमा आगामी बैठकमा छलफल गरेर निर्णयमा पुग्नुपर्छ। वामदेवजीलाई प्रधानमन्त्री बनाउन आवश्यक कानुनी तथा संवैधानिक व्यवस्थाबारे आगामी बैठकबाट टुङ्ग्याउने गरी अघि बढौँला।’
अघिल्लो आमनिर्वाचनमा गौतम बर्दियामा पराजित भएका थिए। पार्टीमा अल्पमतमा रहेको अवस्थामा ओलीले गौतमलाई फेरि प्रधानमन्त्री बनाउने राजनीतिक कार्ड फ्याँकेका हुन्।
यसअघिको संकटमा गौतमले ६ बुँदे वक्तव्य निकाल्दै आफूलाई ओलीको पक्षमा उभ्याएका थिए। तर पछिल्लो समय उनी ओली विरोधी कित्तामा उभिएका छन्। यस्तो अवस्थामा ओलीले आफ्नो पक्षमा बहुमत पार्ने रणनीति अनुसार यो कार्ड फ्याँकेको हुन सक्ने निचोड दाहाल-नेपाल समूहले निकालेका छन्।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












