श्रीलंकाबाट पछि हट्यो एमसीसी, अनुदान कार्यक्रम रद्ध
काठमाडौं । मिलिनियम च्यालेन्ज कोअप्रेसन (एमसीसी)को निर्देशक समितिले श्रीलंकसँग भएको४८० मिलियन डलर बराबरको सम्झौता रद्ध गरेको छ।
वासिङटन डिसीमा भएको निर्देशक समितिको चौमासिक बैठकले यस्तो निर्णय गरेको हो।
एमसीसीले २०१९ को अप्रिलमा ४८० मिलियन डलरको श्रीलंका कम्पाक्ट स्वीकृत गरेको थियो। पाँच वर्षे अनुदान स्वीकृत भए पनि श्रीलंक सरकारले कम्पाक्टमा हस्ताक्षर गरेको थिएन्। कम्प्याक्टमा हस्ताक्षर नहुँदा कम्प्याक्ट अन्तर्गतका कार्यक्रम अगाडि बढ्न सकेका थिएनन्।
अघिल्लो रानिल विक्रमासिंगे सरकारले एमसीसी श्रीलंकामा ल्याउन प्रस्ताव गरेको थियो। तर, उनीमाथि संसदमा अविस्वासको प्रस्ताव लगियो। संसद विघटनको प्रयास भयो। नयाँ निर्वाचन मार्फत गोतावाया राजापाक्षे राष्ट्रपति भए। उनले आफ्ना दाजु महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री बनाए।
नयाँ बनेको सरकार एमसीसीबाट पछाडि हट्यो।
एमसीसी अन्तर्गत श्रीलंकाको भूमि व्यवस्थापन, सडकपूर्वधार विकास गर्ने योजना तयार हुँदै थियो। एमसीसीको भूमिमा प्रवेश पाएसँगै श्रीलंकामा विरोध भएको थियो।
जनवरीमा त्यहाँको सरकारले अध्ययनकालागि कमिटी बनाएको थियो। युनिभर्सिटीअफ कोलम्बोका प्रध्यापक ललितासिरी गुनारुवानको नेतृत्वमा बनेको कमिटीले सम्झौता रद्ध गर्न सुझाब दिएको थियो।
एमसीसीको बोर्ड सदस्यको रुपमा श्रीलंका पनि सहभागि थियो। योसँगै एमसीसीले सियरा लियोनलाई नयाँ सदस्यको रुपमा स्वीकृत गर्दै पाँच वर्षे अनुदान कार्यक्रमसमेतस्वीकृत गरेको छ।
एमसीसीको निर्देशक समितिले बेनिन, बुर्किना फासो,कोटे डी आइभरी, र नाइजरलाई पुन चयन गरेको छ। ,
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











