नेकपामा राजनीतिक सरगर्मी : ओलीको दौडधुप, प्रचण्डको उही अडान
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्रको विवाद बढ्दै गएपछि नेताहरू बीचको भेटवार्ता बाक्लिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको आन्तरिक विमतिले पार्टी एकता संकटको अवस्थामा पुगेपछि नेताहरूबीच आन्तरिक भेटवार्ताको लागि दौडधुप चलिरहेको छ।
पार्टीभित्रको विवाद चलिरहेको बेलामा प्रधानमन्त्री ओली अध्यक्ष दाहाल भेट्ने खुमलटार पुगेका छन्। खुमलटारमा पार्टीभित्र देखिएको समस्या समाधानको विषयमा ओली प्रचण्डबीच छलफल भएको हो।
‘प्रधानमन्त्री ओलीले अध्यक्ष दाहालले कात्तिक २८ गतेको सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदन फिर्ता गर्नुपर्ने प्रस्ताव गर्नुभएको थियो। तर, अध्यक्ष दाहालले स्थायी कमिटीको बैठकमा गइसकेको भएकाले फिर्ता गर्न अस्वीकार गर्नुभयो’ स्रोतले भन्यो।
प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीचको लिखित आरोप प्रत्यारोपको कारणले पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ। यहीबीच प्रधानमन्त्री ओलीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि नेकपाको विवाद बढिरहेको छ। तर, प्रधानमन्त्री ओलीले मंसिर १ गते बसेको स्थायी कमिटीको बैठकमा अध्यादेश फिर्ता ल्याउने सहमति जनाएपछि फिर्ता लिएका छैनन्।
अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले शुक्रबार गरेको प्रदेशस्तरीय भेलाले प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता नलिए कडा कदम चालेर जाने निष्कर्ष निकालेको छ। शुक्रबारको भेलातगत्तै प्रधानमन्त्री ओलीलाई अध्यक्ष दाहालले भेटेर अध्यादेश तत्काल फिर्ता नभएको भन्दै प्रश्न उठाएका थिए। ओलीको दौडधुप!
प्रधानमन्त्री ओलीले अध्यक्ष दाहाललाई भेटे लगत्तै गृहमन्त्री रामबहादुर थापा बादल निवास पुल्चोकमा पुगेर भेटवार्ता गरेका छन्। अध्यक्ष दाहालसँग खुमलटारको भेटवार्तापछि प्रधानमन्त्रीले मन्त्री निवास पुल्चोकमा पुगेर गृहमन्त्री बादलसँग छलफल गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
छलफलमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मकुमारी अर्याल, कानुनमन्त्री शिवमाया तुम्वाहाङ्फे पनि सहभागी थिए। त्यसो त खुमलटारमा अध्यक्षद्धयको भेटवार्ताको क्रममा उपाध्यक्ष वामदेव गौतम पनि प्रवेश गरेका थिए।
पार्टीभित्र देखिएको समस्या समाधानको क्रममा उपाध्यक्ष गौतम र गृहमन्त्री थापा निर्णय भूमिकामा रहन्छन्। प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल बीचको विवादको क्रममा अध्यक्ष दाहालसँग वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष गौतम र प्रवक्ता श्रेष्ठ छन्।
यता, प्रधानमन्त्री ओलीको पक्षमा उपप्रधानमन्त्री ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल छन्। गृहमन्त्री थापा अझै दुवैतिर खुलेका छैनन्। अध्यक्ष दाहाल पक्षमा उभिएका उपाध्यक्ष गौतमले पनि पार्टीको गुट भेलामा नजाने घोषणा गरिसकेका छन्।
यसअघिको विवादको क्रममा उपाध्यक्ष गौतमको मध्यमार्गी भूमिकाले समस्या समाधान भएको थियो। उपाध्यक्ष गौतमले अध्यक्ष दाहाल खेममा रहिरहेको अवस्थामा प्रधानमन्त्री ओलीलाई फाइदा पुग्नेगरी ६ बुँदे प्रस्ताव ल्याएका थिए।
अहिले पनि प्रधानमन्त्री ओलीले स्थायी कमिटीको बैठकमा अबको प्रधानमन्त्रीका लागि उपाध्यक्ष गौतमको नाम अघि सारेका छन्। प्रधानमन्त्री ओलीले आफुविरुद्ध मोर्चाबन्दी भएपछि उपाध्यक्ष गौतमको नाम अगाडि ल्याएर विवाद अन्यत्र मोड्ने अस्त्र प्रयोग गर्दै आएका छन्।
प्रचण्ड-नेपाल भेटवार्ता
प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता भएलगत्तै खुमलटारमा वरिष्ठ नेता नेपालले प्रवेश गरे। उनले अध्यक्ष दाहालसँग प्रधानमन्त्री ओलीसँग भएको छलफलको विषयमा जानकारी लिएको स्रोतले बतायो।
पार्टीभित्रको विवाद चकिँरहेको र प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिनका लागि आलटाल गरिरहेको अवस्थामा भोलिको स्थायी कमिटीको बैठकमा कसरी अगाडि बढ्ने भन्नेबारेमा छलफल भएको बुझिएको छ।
प्रचण्ड नेपाल पक्षले प्रधानमन्त्री ओलीबाट सरकार र पार्टी दुवै प्रभावकारी रुपमा चल्न नसकेको भन्दै एक पदबाट बिदा गर्ने पक्षमा छन्। तर, प्रधानमन्त्री ओली दुवै पदबाट टसमस नहुने पक्षमा छन्।
Comments
अरु समाचार
-
रास्वपाका वरिष्ठ नेता बालेन संसदीय दलको नेता चयन, प्रधानमन्त्री बन्ने बाटो खुल्यो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रतिनिधिसभा संसदीय दलकोल नेता बनाउने निर्णय गरेको छ ।...
-
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले लिए शपथ
काठमाडौं। प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन्। बिहीबार दिउँसो सिंहदरबारस्थित नयाँ संसद् भवनमा आयोजित समारोहमा उनीहरूले पद तथा गोपनीयताको...
-
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै...
-
राष्ट्रपतिसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको वार्षिक प्रतिवेदन पेस
काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को...
-
कस्तो छ सिंहदरबार परिसरमा निर्माणाधीन संसद भवन ?
काठमाडौँ । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर बस्दै आएको संसद् अधिवेशन १७ वर्षपछि सिंहदरबारमै बस्न लागेको छ...
-
पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई कांग्रेसको नियमित महाधिवेशन हुँदैनः देउवा पक्ष
काठमाडौं । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई नेपाली कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने...
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निर्वाचनको समीक्षा गर्न आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक, गगन थापा उपस्थित हुने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आज दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...












