नेकपामा राजनीतिक सरगर्मी : ओलीको दौडधुप, प्रचण्डको उही अडान
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्रको विवाद बढ्दै गएपछि नेताहरू बीचको भेटवार्ता बाक्लिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको आन्तरिक विमतिले पार्टी एकता संकटको अवस्थामा पुगेपछि नेताहरूबीच आन्तरिक भेटवार्ताको लागि दौडधुप चलिरहेको छ।
पार्टीभित्रको विवाद चलिरहेको बेलामा प्रधानमन्त्री ओली अध्यक्ष दाहाल भेट्ने खुमलटार पुगेका छन्। खुमलटारमा पार्टीभित्र देखिएको समस्या समाधानको विषयमा ओली प्रचण्डबीच छलफल भएको हो।
‘प्रधानमन्त्री ओलीले अध्यक्ष दाहालले कात्तिक २८ गतेको सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदन फिर्ता गर्नुपर्ने प्रस्ताव गर्नुभएको थियो। तर, अध्यक्ष दाहालले स्थायी कमिटीको बैठकमा गइसकेको भएकाले फिर्ता गर्न अस्वीकार गर्नुभयो’ स्रोतले भन्यो।
प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीचको लिखित आरोप प्रत्यारोपको कारणले पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ। यहीबीच प्रधानमन्त्री ओलीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि नेकपाको विवाद बढिरहेको छ। तर, प्रधानमन्त्री ओलीले मंसिर १ गते बसेको स्थायी कमिटीको बैठकमा अध्यादेश फिर्ता ल्याउने सहमति जनाएपछि फिर्ता लिएका छैनन्।
अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले शुक्रबार गरेको प्रदेशस्तरीय भेलाले प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता नलिए कडा कदम चालेर जाने निष्कर्ष निकालेको छ। शुक्रबारको भेलातगत्तै प्रधानमन्त्री ओलीलाई अध्यक्ष दाहालले भेटेर अध्यादेश तत्काल फिर्ता नभएको भन्दै प्रश्न उठाएका थिए। ओलीको दौडधुप!
प्रधानमन्त्री ओलीले अध्यक्ष दाहाललाई भेटे लगत्तै गृहमन्त्री रामबहादुर थापा बादल निवास पुल्चोकमा पुगेर भेटवार्ता गरेका छन्। अध्यक्ष दाहालसँग खुमलटारको भेटवार्तापछि प्रधानमन्त्रीले मन्त्री निवास पुल्चोकमा पुगेर गृहमन्त्री बादलसँग छलफल गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
छलफलमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मकुमारी अर्याल, कानुनमन्त्री शिवमाया तुम्वाहाङ्फे पनि सहभागी थिए। त्यसो त खुमलटारमा अध्यक्षद्धयको भेटवार्ताको क्रममा उपाध्यक्ष वामदेव गौतम पनि प्रवेश गरेका थिए।
पार्टीभित्र देखिएको समस्या समाधानको क्रममा उपाध्यक्ष गौतम र गृहमन्त्री थापा निर्णय भूमिकामा रहन्छन्। प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल बीचको विवादको क्रममा अध्यक्ष दाहालसँग वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष गौतम र प्रवक्ता श्रेष्ठ छन्।
यता, प्रधानमन्त्री ओलीको पक्षमा उपप्रधानमन्त्री ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल छन्। गृहमन्त्री थापा अझै दुवैतिर खुलेका छैनन्। अध्यक्ष दाहाल पक्षमा उभिएका उपाध्यक्ष गौतमले पनि पार्टीको गुट भेलामा नजाने घोषणा गरिसकेका छन्।
यसअघिको विवादको क्रममा उपाध्यक्ष गौतमको मध्यमार्गी भूमिकाले समस्या समाधान भएको थियो। उपाध्यक्ष गौतमले अध्यक्ष दाहाल खेममा रहिरहेको अवस्थामा प्रधानमन्त्री ओलीलाई फाइदा पुग्नेगरी ६ बुँदे प्रस्ताव ल्याएका थिए।
अहिले पनि प्रधानमन्त्री ओलीले स्थायी कमिटीको बैठकमा अबको प्रधानमन्त्रीका लागि उपाध्यक्ष गौतमको नाम अघि सारेका छन्। प्रधानमन्त्री ओलीले आफुविरुद्ध मोर्चाबन्दी भएपछि उपाध्यक्ष गौतमको नाम अगाडि ल्याएर विवाद अन्यत्र मोड्ने अस्त्र प्रयोग गर्दै आएका छन्।
प्रचण्ड-नेपाल भेटवार्ता
प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता भएलगत्तै खुमलटारमा वरिष्ठ नेता नेपालले प्रवेश गरे। उनले अध्यक्ष दाहालसँग प्रधानमन्त्री ओलीसँग भएको छलफलको विषयमा जानकारी लिएको स्रोतले बतायो।
पार्टीभित्रको विवाद चकिँरहेको र प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिनका लागि आलटाल गरिरहेको अवस्थामा भोलिको स्थायी कमिटीको बैठकमा कसरी अगाडि बढ्ने भन्नेबारेमा छलफल भएको बुझिएको छ।
प्रचण्ड नेपाल पक्षले प्रधानमन्त्री ओलीबाट सरकार र पार्टी दुवै प्रभावकारी रुपमा चल्न नसकेको भन्दै एक पदबाट बिदा गर्ने पक्षमा छन्। तर, प्रधानमन्त्री ओली दुवै पदबाट टसमस नहुने पक्षमा छन्।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












