नेकपा स्थायी कमिटी बैठक आज
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज बस्दैछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीभित्रको आन्तरिक विवादकै विषयमा छलफल हुनेछ। यसअघि गत बुधबार बसेको स्थायी कमिटी बैठकमा सरकारले ल्याएको संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता लिने, राष्ट्रपति समक्ष संसदको अधिवेशन माग गर्दै गरिएको आवेदन फिर्ता लिने तथा संवैधानिक नियुक्तिहरु सहमतिको आधारमा गर्ने निर्णय भएको थियो।
बैठकले केन्द्रीय कमिटी बैठक पुस १० गते बोलाउने निर्णय गरेको थियो। यसअघि स्थायी कमिटी सदस्यहरुलाई प्रस्तावका रुपमा अध्ययनका लागि वितरण गरिएको अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालका आरोप पत्रलाई फिर्ता लिने विषयमा सहमति जुटेको छैन।
अध्यक्ष ओलीले आरोप पत्र फिर्ता लिन र सहमतिको दस्ताबेज तयार गरी प्रस्तावका रुपमा पेश गर्न आग्रह गर्दै हिजो बिहान खुमलटार पुगेर अर्का अध्यक्ष दाहाललाई आग्रह गरेका छन्। तर दाहालले फिर्ता लिने संकेत नगरेपछि स्थायी कमिटी सदस्यसमेत रहेका गृहमन्त्री रामबहादुर थापा बादललाई भेटेर सहमतिको प्रस्ताव तयार गर्ने कुरामा भूमिका निर्वाह गरेका थिए।
स्थायी कमिटी बैठकमा भएको सहमति बमोजिम सरकारले अध्यादेश फिर्ता नगरेकाले आजको बैठकमा थप विवाद हुने देखिएको छ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












