नेकपा स्थायी कमिटी बैठक आज
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज बस्दैछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीभित्रको आन्तरिक विवादकै विषयमा छलफल हुनेछ। यसअघि गत बुधबार बसेको स्थायी कमिटी बैठकमा सरकारले ल्याएको संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता लिने, राष्ट्रपति समक्ष संसदको अधिवेशन माग गर्दै गरिएको आवेदन फिर्ता लिने तथा संवैधानिक नियुक्तिहरु सहमतिको आधारमा गर्ने निर्णय भएको थियो।
बैठकले केन्द्रीय कमिटी बैठक पुस १० गते बोलाउने निर्णय गरेको थियो। यसअघि स्थायी कमिटी सदस्यहरुलाई प्रस्तावका रुपमा अध्ययनका लागि वितरण गरिएको अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालका आरोप पत्रलाई फिर्ता लिने विषयमा सहमति जुटेको छैन।
अध्यक्ष ओलीले आरोप पत्र फिर्ता लिन र सहमतिको दस्ताबेज तयार गरी प्रस्तावका रुपमा पेश गर्न आग्रह गर्दै हिजो बिहान खुमलटार पुगेर अर्का अध्यक्ष दाहाललाई आग्रह गरेका छन्। तर दाहालले फिर्ता लिने संकेत नगरेपछि स्थायी कमिटी सदस्यसमेत रहेका गृहमन्त्री रामबहादुर थापा बादललाई भेटेर सहमतिको प्रस्ताव तयार गर्ने कुरामा भूमिका निर्वाह गरेका थिए।
स्थायी कमिटी बैठकमा भएको सहमति बमोजिम सरकारले अध्यादेश फिर्ता नगरेकाले आजको बैठकमा थप विवाद हुने देखिएको छ।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












