भिम आचार्यको मुख्यमन्त्री बन्ने चाहाना फेरी पनि रहरमै सिमित !
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रमा विवाद देखिएपछि प्रदेशहरूमा पनि मतभेद देखिएको छ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बो ‘मौसम’ लाई शनिबार (हिजो) पदबाट बर्खास्त गरे।
नेपालको संविधानको धारा १६९ को २ (ख) बमोजिम मन्त्री आङ्बोलाई पदमुक्त गरिएको उल्लेख गरियो। र, प्रदेश सांसद भीमप्रसाद आचार्यलाई नेकपा संसदीय दलको नेता बनाउँदै मुख्यमन्त्री बनाउन उनी प्रस्तावक बनेका छन्।
प्रदेश सभा सचिवालयका अनुसार आगामी माघ ७ गते बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईविरुद्धको उक्त अविश्वास प्रस्ताव निर्णयार्थ पेस हुनेछ।
प्रदेशसभाको कार्य व्यवस्था महाशाखाले प्रदेश १ को प्रदेशसभा नियमावली-२०७४ को नियम १२९ को उपनियम (१) बमोजिम दर्ता हुन आएको पाना नम्बर-५ को अविश्वासको प्रस्ताव दर्ता गरी नियम-१२९ को उपनियम (२) बमोजिम आज बिहान १० बजेर ४३ मिटेनमा दर्ता गरी सभामुखलाई जानकारी गराएको जनाएको छ।
तर नेपाली कांग्रेसका २१ जना सांसद छन । कांग्रेसका सांसदले शेरधन राईलाई समर्थन गर्ने देखीन्छ । काग्रेसले राईलाई समर्थन गरेको अवस्थामा ओली पक्षको २२ जना र कांग्रेसको २१ गरि ४३ , जसपाको ३, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको १ र राप्रपाको १ गरि ४८ को समर्थन जुटाउन सकेमा अविश्वासको प्रश्ताव असफल हुने देखिन्छ ।
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भनेः मुख्य मन्त्री राई सफल मुख्यमन्त्री भएकाले नेपाली कांग्रेसको समर्थन हुन्छ ।
पछिल्लो विकसित परिस्थिती हेर्दा भिमप्रसाद आचार्यको मुख्यमन्त्री बन्ने महत्वकांक्षा फेरी रहरमै सिमित हुने देखीन्छ ।
अविश्वासको प्रस्ताव दर्ता गराउने सांसदहरू
१) ईन्द्रबहादुर आङ्बो
२) लछुमन तिवारी
३) जीवन घिमिरे
४) तुलसीप्रसाद न्यौपाने
५) विजयकुमार विश्वास
६) जसमायाँ गजमेर (विश्वकर्मा)
७) लीला बल्लभ अधिकारी
८) मोहनकुमार खड्का
९) कुसुमकुमारी श्रेष्ठ
१०) सावित्री जोशी
११) उर्मिला विश्वकर्मा
१२) कूलप्रसाद साम्बा
१३) सीतादेवी थेबे
१४) पूर्णप्रसाद राजवंशी
१५) खिनु लङ्वा लिम्बू
१६) नारायणबहादुर मगर
१७) झलकबहादुर मगर
१८) उपेन्द्रप्रसाद घिमिरे
१९) श्रीप्रसाद मैनाली
२०) गोपालचन्द्र बुढाथोकी
२१) सरिता थाप
२२) पदमकुमारी गुरूङ
२३) राजेन्द्रकुमार राई
२४) धिरेन्द्र शर्मा
२५) रामकुमार राई
२६) टङ्क आङ्बुहाङ
२७) होमकुमारी साँवा
२८) उषाकला राई
२९) कला घले
३०) भीमप्रसाद आचार्य
३१) सौभाग्यवती देवी राई (किरात)
३२) गणेशकुमार काम्बाङ
३३) सावित्राकुमारी रेग्मी
३४) वसन्तीदेवी यादव
३५) सुनिताकुमारी चौधरी
३६) यशोधा अधिकारी
३७) पूर्णप्रसाद राई
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












