रत्नपार्कमा जसपाको प्रदर्शन, भन्यो- सरकारको असंवैधानिक कदम फिर्ता होस्
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले आज काठमाडौंको रत्नपार्कमा सरकारको विरोधमा प्रदर्शन गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीबाट भएको संसद् विघटनको विरोधमा जसपाले प्रदर्शन गरेको हो । जसपाले सरकारले गरेको असंवैधानिक कदम तत्काल फिर्ता हुनुपर्ने मागसमेत गरेको छ ।
प्रदर्शनमा सहभागी जसपाका नेता तथा कार्यकर्ताहरुले विभिन्न नाराअंकित प्लेकार्ड र ब्यानर बोकेका थिए ।
जनता समाज पार्टी (जसपा) का अध्यक्ष भट्टराईले प्रधानमन्त्रीले एकातिर संसद विघटन गरेर चुनाव घोषणा गर्ने र अर्कोतर्फ उनै प्रधानमन्त्रीले नयाँ मन्त्री नियुक्त गर्न कुनै हालतमा नमिल्ने बताए।
उनले आफू प्रधानमन्त्री रहँदा तत्कालीन संसदसमेत रहेको संविधान सभा विघटन भई चुनावको मिति घोषणा भएपछि आफूले मन्त्री नियुक्त नगरेको बताए।
‘मेरो पालामा १२ वटा मन्त्रालय खालि थिए तर मैले मन्त्री नियुक्त गरिनँ, बहालवाला मन्त्रीहरुलाई नै जिम्मेवारी दिएँ मैले आफै ५–६ वटा मन्त्रालय हेरेको थिएँ,’ संसद विघटनविरुद्ध जसपाले काठमाडौंको शान्तिवाटिकामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै भट्टराईले भने, ‘आवश्यक हुँदा पनि मैले नैतिकताका आधारमा मन्त्री थपघट गरिनँ।’
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेर प्रतिगमन गर्न खोजेको बताए।
‘प्रतिगमन एकैचोटी आउँदैन, अंश अंशमा आउँछ, संसदमा प्रहार गर्ने र राज्यका सबै अंग र निकायहरुमा कब्जा गरेर प्रतिगमन गर्दैछन्,’ उनले भने।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












