जुगेडा प्रहरी हत्याकाण्डका मुख्य योजनाकार प्रकाउ
काठमाडाैँ । धनगढीमा प्रहरी सहायक निरीक्षक गोविन्द विक र जवान रामबहादुर साउदको हत्याका मुख्य योजनाकार भनिएका एक जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीले सोमबार पत्रकार सम्मेलन गरी मुख्य अभियुक्त धनगढी उपमहानगरपालिका- १० चकमलीका ३५ वर्षीय सुकबहादुर राना भनिने अमर रानालाई सार्वजनिक गरेको हो।
उनलाई आइतबार बेलुका ७ बजे धनगढी–१४ फूलबारीबाट पक्राउ गरिएको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जवराले जानकारी दिए ।
यसअघि सोही घटना अभियोगमा पक्राउ परेका ८ जनालाई पुर्पक्षको लागि कारागार चलान गरिएको छ। फरार मुख्य अभियुक्त राना प्रक्राउसँगै आजै अदालतमा पेस गरिने राणाले जानकारी दिए।
राना लामो समयदेखि भारतको वनकट्टी र सलियापारबाट नेपालमा अवैध सामान र नेपालबाट अवैधरूपमा भारत सामान पठाउने कार्यमा संलग्न रहेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
राना स्थानीय व्यापारीसँग मिलेर सामान भारत पठाउने गरेको र चकमलीमा उनको गोदामसमेत रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
पछिल्लो समय उनी मटर (केराउ) को तस्करीमा संलग्न थिए। त्यहीँ मटर लैजाने क्रममा अवरोध भएपछि रानाकै नेतृत्वको टोलीले निजकै घरबाट हतियार लगेर प्रहरी असई र जवानको हत्या गरेको प्रहरी निष्कर्ष छ।
प्रहरी हत्या घटनामा संलग्न रहेको आरोपमा धनगढी उप–महानगरपालिका-१० का पर्कु भन्ने ३१ वर्षिय रोहित राना, २० वर्षिय राजेन्द्र राना, ३० वर्षिय चोर भनिने सुरेश राना, २५ वर्षिय गब्बर भनिने राजकुमार राना, २२ वर्षिय रामनिवास राना, २९ वर्षिय टल्लु भनिने दलराम राना र २५ वर्षिय राम गोपाल रानालाई कात्तिक ४ गते प्रहरीले सार्वजनिक गरेका थियो।
त्यसपछि घटनामा संलग्न रोहित रानालाई पनि प्रहरीले पक्राउ गरेको थियो । यस्तै मटर तस्कर गर्न लगाउने व्यापारी राजीव गुप्ता पक्राउ परे पनि एक लाख धरौटीमा तारेखमा छुटेका थिए ।
कात्तिक १ गते शनिबार राति धनगढी–१२ जुगेडामा तस्करहरुले प्रहरीको हत्या गरेका थिए।
त्यस रात ८ बजे सीमावर्ती क्षेत्रमा हुने अपराध एवं तस्करी नियन्त्रण प्रयोजनार्थ जुगेडाको दक्षिणी भागमा असई विक र जवान साउद नियमित गस्तीमा थिए।
गस्तीमा रहेको प्रहरीले वडा नम्बर १० स्थित मोहना नदीबाट अन्दाजी ४ सय मिटर उत्तरमा केराउ तस्करी गरिरहेको समूहलाई रोक्ने प्रयास गरेका थिए। त्यसैबेला योजनाबद्ध रूपमा तस्करहरूले धारिलो हतियारले प्रहार गरि दुवै प्रहरीको हत्या गरेका थिए ।
हत्यापछि घिसार्दै तस्करहरूले प्रहरीको शव नेपाल–भारत सीमाको मोहना नदीमा लगेर अपराध लुकाउने प्रयास गरेका थिए।
त्यसको भोलिपल्ट सम्पर्कमा नआएका प्रहरी कर्मचारीको खोजी गर्दै जाँदा आइतबार बिहान ९ बजेर ७ मिनेटमा असई विकको शव हत्या गरी फालिएको अवस्थामा मोहना नदीभित्र फेला परेको थियो। त्यसको भोलिपल्ट मंगलबार बिहान सवा १० बजे जवान साउदको शव मोहना नदीभित्र फेला परेको थियो।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












