प्रचण्ड-माधव समूहले अदालतलाई विश्वास गर्ने, सडक संघर्ष नछोड्ने
काठमाडाैँ । नेकपा प्रचण्ड-माधव समूहले संसद् पुनर्स्थापना नभएसम्म सडक संघर्ष जारी राख्ने भएको छ ।
सर्वोच्च अदालतलाई फैसलाका लागि सहजीकरण गर्ने हिसाबले आफ्नो आन्दोनल हुने तर्क गर्दै नेताहरूले अदालतप्रति विश्वास रहेको बताएका छन् ।
राजधानीमा त्यस समूहले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले अदालतले संसद् पुनर्स्थापनाको पक्षमा फैसला गर्ने विश्वास व्यक्त गर्दै अदालतलाई संसद् पुनर्स्थापनाको पक्षमा फैसलाका निम्ति आफ्नो समूहको आन्दोलनले सहजीकरण गर्ने बताएका छन् ।
सभालाई सम्बोधन गरेका वरिष्ठ नेता झलनाथ खनाल, स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य र योगेश भट्टराईले संसद् पुनर्स्थापित नभएसम्म सडक संघर्ष जारी राख्ने उद्घोष गरेका छन् ।
विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सर्वोच्चका न्यायमूर्तिहरूले जनताका पक्षमा फैसला गर्ने विश्वास व्यक्त गरे । आफ्नो आन्दोनले सही फैसलाका निम्ति सहजीकरण मात्र गरेको उनको भनाइ छ।
‘अदालतमा विद्वान् न्यायमूर्तिहरू हुनुहुन्छ । कसैको दबाबमा नपरी उहाँहरूले जनताका पक्षमा फैसला गर्नुहुन्छ भन्ने मेरो विश्वास छ । अदालतप्रति मेरो भरोसा छ । यो आन्दोलन अदालतलाई दबाब दिन होइन सही फैसलाका लागि सहजीकरणका निम्ति हो,’ उनले भने ।
प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै उनले संसद् पुनर्स्थापित नभएसम्म संघर्ष जारी राख्ने बताए । ‘अहिले प्रतिनिधिसभा विघटन भएको होइन्, ओलीको सरकार विघटन भएको हो । तर, यो प्रतिगमनकारी निर्णयविरुद्ध संघर्ष गर्नेपर्छ संसद्लाई पुनर्स्थापित गर्नैपर्छ । म सबैलाई आन्दोनलमा सहभागी हुन अपिल गर्दछु,’ प्रचण्डले भने ।
सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले संविधानमा संसद् विघटनको प्रावधान नरहेकाले अदालतले संसद् पुनर्स्थापित गर्ने विश्वास गरे । ‘संविधानको व्याख्यता सर्वोच्च हो संविधानमा संसद् विघटनको प्रावधान नै नरहेकाले अदालतले संसद् पुनर्स्थापित गर्छ भन्ने विश्वास छ,’ नेता नेपालले भने ।
यस्तै, उनले प्रधानमन्त्री ओलीको प्रतिगमनकारी निर्णयविरुद्धको आन्दोलन अझै सशक्त बनाउनुपर्ने र संसद् पुनर्स्थापित नभएसम्म सडक संघर्ष जारी राख्नुपर्ने मत राखेका छन् । जनता सडकमा उत्रिएकाले ओलीको निरंकुश प्रवृत्तिको आयु धेरै नरहेने उनको भनाइ छ ।
‘संविधानको मर्म र भावनालाई कुठाराघात गरेर प्रतिनिधिसभाको विघटन गर्ने निर्णय स्वीकार्य छैन । यसका विरुद्ध नागरिकसहित प्रतिपक्षी दल सडकमा आएका छन् । अब उहाँको निरंकुश प्रवृत्तिको आयु छैन,’ नेपालले भने।
यस्तै, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतले स्वच्छ ढंगले संवैधानिक जिम्मेवारी निभाउने विश्वास व्यक्त गरेका छन् । संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ति संविधानविरोधी कदमलाई असफल पार्ने विश्वास व्यक्त गरेका हुन् ।
‘संवैधानिक अंगले संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ति संविधानले दिएको जिम्मेवारी स्वच्छ ढंगले निर्वाह गर्नेछ भन्ने विश्वास छ,’ उनले भने ।
प्रतिनिधिसभा पुनर्स्थापित नभएसम्म शान्तिपूर्ण सडक संघर्ष जारी राख्ने उनको भनाइ छ । सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता झलनाथ खनालले पनि संसद् पुनर्स्थापना नभएसम्म सडक आन्दोलन जारी रहेन बताएका छन् । ‘ओलीले पार्टीलाई पदमा पुग्ने भर्याङ मात्रै बनाउनुभयो । सत्ता प्राप्तिपछि उहाँले पार्टीलाई बिर्सनुभयो जनतालाई धोका दिनुभयो ।
यस्तै, स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले ओलीले संविधानमाथि कू गरेकाले उनको प्रतिगमनविरुद्ध सशक्त आन्दोलन जारी रहने बताइन् । ‘हामीले विश्वास गरेर केपी ओलीलाई गणतन्त्रमा प्रधानमन्त्री बनायौँ । तर उहाँले गणतन्त्र, संसद र संविधानमाथि धावा बोल्नुभयो,’ शाक्यले भनिन्, संविधानभाथि कू गर्नुभयो उहाँको प्रतिगमनविरुद्ध अझै सशक्त आन्दोलन गर्नुपर्छ ।’
जनता सडकमा उत्रिएपछि निरंकुश राजतन्त्रसमेत ढलेको स्मरण गर्दै उनले ओलीको सरकारसमेत अब छिट्टै ढल्ने दाबी गरिन् ।
यस्तै, स्थायी समिति सदस्य योगेश भट्टराईले संसद् पुनर्स्थापित नभसम्म नेकपाले सडक नछाड्ने बताए । ‘जुन दिनसम्म प्रतिगमन सच्चिँदैन, संविधान सही ठाउँमा आउँदैन, प्रतिनिधिसभाको बैठक आह्वान गरिँदैन, हामी सडक छाड्दैनौँ,’ भट्टराईले भने ।
सडकमा पनि सूर्य चिह्न दाबी
नेकपा प्रचण्ड-माधव पक्षले आफ्नो समूह आधिकारिक नेकपा भएको भन्दै सूर्य चिह्नमा दाबी पेस गरेको छ । अध्यक्ष नेपालले सय जनाको झुण्डले दाबी गर्दै सूर्य चिह्न अरुको नहुने तर्क गरे । निर्वाचन आयोगमा २ सय ९५ जना केन्द्रीय सदस्यले हस्ताक्षर बुझाएकाले पार्टीको चुनाव चिह्न र नाममा कसैको दाबी नपुग्ने बताए ।
‘निर्वाचन आयोगमा २ सय ९५ जना केन्द्रीय सदस्यले हामी ज्युँदै छौँ भन्ने सन्देश दिनका लागि हस्ताक्षर बुझाउनुभएको छ । सय जनाको झुण्डले दाबी गर्दै पार्टीको नाम र चिह्न अरुको हुँदैन । यो विशाल जनसमर्थनले पनि को आधिकारिक भएको पुष्टि गर्छ । कानुनी रूपमा त हामीले प्रमाणित गरिसकेका छौँ,’ नेपालले भने ।
यस्तै, नेता खनालले आधिकारिक नेकपा आफ्नै समूह रहेको दाबी गर्दै चिह्नसमेत आफ्नै समूहको रहने बताए । ‘बालुवाटारमा भेला भएका समूह तानाशाही गुट हुन् । आधिकारिक नेकपा हामी नै हौँ । सूर्य चिह्न हाम्रै हुने छ,’ खनालले भने ।
विरोधसभामा सम्बोधन गरेका नेताहरूले प्रधानमन्त्री ओलीले संविधान, संसद् र जनतालाई धोका दिएको र व्यवस्थाविरोधी गतिविधि गरेकाले उनको कदमविरुद्ध सशक्त आन्दोलन गर्नुपर्ने बताएका छन् । नेकपा प्रचण्ड-माधव समूहको आन्दोलन ओलीविरुद्ध नभई उनको प्रवृत्ति र प्रतिगमनविरुद्ध भएको नेताहरूले मत राखेका छन् ।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












