प्रचण्डको कांग्रेसलाई आग्रह- मध्यावधिको सपना नदेख्नुस्
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-माधव नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसलाई मध्यावधि निर्वाचनको सपना नदेख्न आग्रह गरेका छन् ।
संसद् विघटनविरुद्ध मंगलबार भृकुटीमण्डपमा आयोजित सभामा उनले कांग्रेसतर्फ संकेत गर्दै यस्तो आग्रह गरेका हुन् ।
“कतिपय मानिसहरुलाई कम्युनिस्ट पार्टी विभाजन भएको । मध्यावधि निर्वाचन भइहाल्यो भने जितिहालिन्छ नि भनेर अलिअलि सपना देख्न खोज्या कुरा पनि सुनिन्छ,” अध्यक्ष प्रचण्डले कांग्रेसतर्फ संकेत गर्दै भने, “म ती साथीहरुलाई त्यस्ता सपना नदेख्न, दुस्वप्न हो भन्ठान्छु । यो हुनेवाला चुनावको घोषणा भएकै होइन । यति तथ्य भन्दाभन्दै पनि भ्रममा पर्यौं भने हामी बर्बाद हुन्छौं, नेपाल बर्बाद हुन्छ ।”
उनले चुनाव हुन्छ भन्नेमा प्रधानमन्त्री केपी ओलीलाई समेत विश्वास नभएको पनि उनले बताए । हुँदा-खादाको बहुमत बिगार्नेले चुनाव गराउँछन् भन्नेमा विश्वास नगर्न पनि आग्रह गरे । वैशाखबाट उता ओली प्रधानमन्त्री नरहने र उनको पत्तासाफ हुने पनि प्रचण्डले बताए । वैशाखमा चुनाव नहुने उनले ठोकुवा पनि गरे ।
त्यस्तै, उनले संसद् पुन:स्थापनापछि दुई वर्ष चुनाव भई नै हाल्ने, नेकपा फुटिहालेको कारण कांग्रेस ढुक्कै बसे हुने भन्दै उनले कांग्रेसलाई आश्वस्त पार्न खोजे । “संविधान जोगाए चुनाव पनि जित्नुहोला । किन आत्तितनुहुन्छ,” उनले भने ।
प्रधानमन्त्रीले चाह्यो भने जतिबेला पनि संसद् विघटन गर्ने नजिर बन्न दिन नहुनेमा पनि उनले जोड दिए । उनले सबै राजनीतिक दलको जिम्मेवारी संसद् विघटनको प्रतिगामी कदम सच्याउनु रहेको भन्दै त्यसका लागि अन्य दलसँग सहकार्य गर्न पनि उनले आग्रह गरे ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












