प्रचण्डको कांग्रेसलाई आग्रह- मध्यावधिको सपना नदेख्नुस्
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-माधव नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसलाई मध्यावधि निर्वाचनको सपना नदेख्न आग्रह गरेका छन् ।
संसद् विघटनविरुद्ध मंगलबार भृकुटीमण्डपमा आयोजित सभामा उनले कांग्रेसतर्फ संकेत गर्दै यस्तो आग्रह गरेका हुन् ।
“कतिपय मानिसहरुलाई कम्युनिस्ट पार्टी विभाजन भएको । मध्यावधि निर्वाचन भइहाल्यो भने जितिहालिन्छ नि भनेर अलिअलि सपना देख्न खोज्या कुरा पनि सुनिन्छ,” अध्यक्ष प्रचण्डले कांग्रेसतर्फ संकेत गर्दै भने, “म ती साथीहरुलाई त्यस्ता सपना नदेख्न, दुस्वप्न हो भन्ठान्छु । यो हुनेवाला चुनावको घोषणा भएकै होइन । यति तथ्य भन्दाभन्दै पनि भ्रममा पर्यौं भने हामी बर्बाद हुन्छौं, नेपाल बर्बाद हुन्छ ।”
उनले चुनाव हुन्छ भन्नेमा प्रधानमन्त्री केपी ओलीलाई समेत विश्वास नभएको पनि उनले बताए । हुँदा-खादाको बहुमत बिगार्नेले चुनाव गराउँछन् भन्नेमा विश्वास नगर्न पनि आग्रह गरे । वैशाखबाट उता ओली प्रधानमन्त्री नरहने र उनको पत्तासाफ हुने पनि प्रचण्डले बताए । वैशाखमा चुनाव नहुने उनले ठोकुवा पनि गरे ।
त्यस्तै, उनले संसद् पुन:स्थापनापछि दुई वर्ष चुनाव भई नै हाल्ने, नेकपा फुटिहालेको कारण कांग्रेस ढुक्कै बसे हुने भन्दै उनले कांग्रेसलाई आश्वस्त पार्न खोजे । “संविधान जोगाए चुनाव पनि जित्नुहोला । किन आत्तितनुहुन्छ,” उनले भने ।
प्रधानमन्त्रीले चाह्यो भने जतिबेला पनि संसद् विघटन गर्ने नजिर बन्न दिन नहुनेमा पनि उनले जोड दिए । उनले सबै राजनीतिक दलको जिम्मेवारी संसद् विघटनको प्रतिगामी कदम सच्याउनु रहेको भन्दै त्यसका लागि अन्य दलसँग सहकार्य गर्न पनि उनले आग्रह गरे ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












