प्रचण्ड–नेपाल समूहले आज दोस्रो चरणको आन्दोलन घोषणा गर्दै
काठमाडौं । विभाजित सत्तारूढ नेकपाभित्र कार्यक्रम र आन्दोलनको प्रतिस्पर्धा नै सुरु भएको छ ।
यसैबीच नेकपाको विभाजित समूह पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले आज दोस्रो चरणको आन्दोलन घोषणा गर्दैछन् ।
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको सिफारिस गर्ने कदमकविरूद्ध प्रचण्ड नेपालले पुस १० गतेदेखि आन्दोलनको घोषणा गरेका थिए । मङ्गलबार जनप्रदर्शनका साथ विरोध सभाको आयोजना गरेर पहिलो चरणको आन्दोलन सकेपछि आज पार्टी मुख्यालय पेरिसडाँडामा स्थायी कमिटीको बैठक बसेर अर्को चरणको आन्दोलनको तयारी गर्न थालेका हुन् । आजै आन्दोलनको कार्यक्रम घोषणा हुने स्थायी कमिटी सदस्य योगेश भट्टराईले जानकारी दिएका थिए ।
आज स्थायी कमिटीको बैठक बोलाइएको र दिउँसो ३ बजे दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा हुने बताइएको छ ।
यसैबीच प्रचण्ड–नेपाल समूहले पुस १७ गतेभित्र सबै प्रदेश कमिटीहरूको बैठक, भेला सकिसक्ने निर्णय यसअघि, पुस ९ गते सकिएको तेस्रो केन्द्रीय कमिटी बैठकले नै गरेको छ । यस्तै पुस २० गते नगर र गाउँपालिका तहका कमिटीहरूको बैठक भेला र पुस २५ गतेभित्र गाउँ–नगरका वडा तहका कमिटीहरूको बैठक, भेला सक्ने निर्णय पनि गरेका छन् ।
उता प्रधानमन्त्री केपी शर्मा ओली पक्षले पनि सातै प्रदेशमा संयोजक तोकेर जनपरिचालनलाई तीव्रता दिएको बताएको छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












