कार्यकर्ता भेलामा सहभागी हुन ब्यांकेटमा जाँदै प्रधानमन्त्री ओली
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली आफूपक्षीय कार्यकर्ताको भेलालाई सम्बोधन गर्न बुधबार राजधानीको एक ब्यांकेटमा जाने भएका छन्।
प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार अपरान्ह १२ बजे बबरमहलस्थित कार्की ब्यांकेटमा हुने सुदूरपश्चिम स्तरीय अगुवा कार्यकर्ता भेलामा उनी सहभागी हुने भएका छन्।
प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटनको सिफारिस गरेपछि नेकपामा विभाजन आएको थियो। प्रधानमन्त्री ओलीले आफू पक्षीय नेता कार्यकर्तालाई बालुवाटारमै डाक्ने गरेका थिए।
पुस ६ गते उनले बालुवाटारमा दुबै सदनका सांसदहरूसँग छलफल गरेका थिए भने ७ गते केन्द्रीय कमिटीको बैठक बालुवाटारमै बसेको थियो।
९ गते बालुवाटारमा ओली समूहले खुला चौरमा टेन्ट टाँगेर कार्यक्रम गरेको थियो।
पुस ५ गतेपछि नेकपाको प्रचण्ड-नेपाल समूहले भने सबै बैठकहरू कार्की ब्यांकेटमै गरिरहेका थिए। प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक र स्थायी कमिटी बैठक सोही ब्यांकेटमा भएका थिए। कार्की ब्यांकेटमै बसेको प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटीले ओलीलाई पार्टी अध्यक्षबाट हटाएको थियो।
एक टेलिभिजन अन्तर्वार्ताका क्रममा प्रचण्ड-नेपाल पक्षलाई कटाक्ष गर्दै ओलीले आफू ब्यांकेटमा जान पनि नजाने खान पनि नखाने बताएका थिए।
ओली समूहले पुस १८ गते राष्ट्रिय सभागृहमा काठमाडौंका कार्यकर्ता भेला राखेको छ। उक्त भेलामा पनि प्रधानमन्त्री ओली सहभागी हुने बताइएको छ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












