“ढुक्क हुनुहोस्, हामी प्रदेशसभा विघटनको पक्षमा छैनौं”: मन्त्री कार्की
विराटनगर । प्रदेश १सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार प्रदेशसभा विघटन गर्ने पक्षमा नरहेको बताएका छन् । बुधबार विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री कार्कीले संघीयता नयाँ संरचना भएकोले यसलाई जोगाउनका लागि विघटनको बाटो नलिएको बताउका हुन् । ‘आफ्नै दलबाट मुख्यमन्त्री विरुद्ध अविश्वासको पत्र दर्ता भएपछि उहाँसँग प्रदेशसभा विघटन गर्ने र अविश्वासको प्रस्तावको सामना गर्ने दुई मात्र विकल्प छन्,’ मन्त्री कार्कीले भने ‘तर, मुख्यमन्त्रीले विघटनको विकल्प रोज्नुभएन संसदबाट विश्वासको मत लिने भन्नुभएको छ ।’ प्रदेश संरचनालाई स्थायी बनाएर जानुपर्छ भन्नेमा स्पष्ट भएकोले अहिले नै प्रदेश सरकारलाई नचलाउनु उचित हुने उनको भनाई थियो । ‘अहिले पार्टी विभाजन भएको छैन, राजनीतिक रुपमा विभाजन भएको देखिएपनि कानूनी रुपमा विभाजित छैन,’ उनले भने, ‘यस्तो बेलामा अविश्वासको प्रस्ताव ल्याउने हतार गर्नु हुदैनथ्यो । उहाँहरुले अलि हतार गर्नुभयो ।’ मन्त्री कार्कीले पत्रकारहरुको प्रश्नको जवाफ दिने क्रममा सरकारले प्रदेश सभा विभाजनको सिफारिस नगर्नेमा ढुक्क हुन आग्रह गरे । ‘तपाईहरु ढुक्क हुनुहोस हामी प्रदेशसभा विघटनको पक्षमा छैनौं, हाम्रो तफैबाट त्यस्तो सिफारिस वा निर्णय हुँदैन, तर, संघीय सरकारले गर्यो भने त्यसको जिम्मा लिन चैं सक्दैनौं, उनले भने ।’ देशको सबैभन्दा ठूलो पार्टी विभाजन प्रधानमन्त्रीको रहरले नभई वाध्यताले भएको उनको स्पष्टोक्ति थियो । उनले भने ‘अहिले पार्टी राजनीतिक रुपमा विभाजित भएको छ, यो रहरले भएको हैन, प्रतिनिधि सभा विघटन पनि रहले गरिएको होइन ।’ पार्टी एकता कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन र समृद्ध नेपाल बनाउनका लागि गरिएको भएपनि एकता लाभदायी नभएको उनको भनाई थियो । पार्टी एकताले लामो समयसम्म मूर्तरुप नलिएको र त्यसले पूर्णता नपाएको अवस्थामा विभाजन तर्फ गएको उनले बताए । प्रदेशसभामा मुख्यमन्त्री विरुद्ध बहुमत सदस्यहरुले अविश्वासको प्रस्ताव दर्ता गरेको भएपनि त्यसको वैधानिकता परीक्षण गर्न बाँकी रहेको उनले बताए । दलका नेता विरुद्ध उपनेताले अविश्वासको प्रस्ताव पेश गर्न सक्ने भएपनि दलको बैठक बोलाउने अधिकार भने प्रमुख सचेतकलाई मात्र रहेको मन्त्री कार्कीले बताए । प्रमुख सचेतकले नबोलाएको बैठक दलको विधान विपरित भएको भन्दै उनले त्यस बैठकमा सहभागी नहुने संकेत गरे । संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भइसकेको सन्दर्भमा संसदबाटै त्यसको छिनोफानो गर्नुपर्ने भएकोले त्यसका लागि सरकार तयार रहेको र संसदबाट विश्वासको मत प्राप्त गरि वर्तमान सरकारलाई नै निरन्तरता दिने उनको दावी थियो । काग्रेंस लगायत संसदमा रहेका सबै दलको सहयोगमा सरकार निरन्तर अघि बढ्ने दावी गर्दै उनले मुख्यमन्त्रीले आवश्यक ठानेमा अहिले पनि मन्त्रिपरिषद् पुनर्गठन हुनसक्ने बताए ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












